सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेको पालिका काँग्रेस अधिवेशन स्थगित, निर्वाचन अधिकृत सम्पर्कविहिन

काभ्रेको पालिका काँग्रेस अधिवेशन स्थगित, निर्वाचन अधिकृत सम्पर्कविहिन

9405
Shares
काभ्रेको पालिका काँग्रेस अधिवेशन स्थगित, निर्वाचन अधिकृत सम्पर्कविहिन

भोलीका लागि तय भएको काँग्रेसको काभ्रे जिल्लाको गाउँ तथा नगर अधिवेशन स्थगित भएको छ । नेपाली काँग्रेस काभ्रेका प्रवक्ता महेश पौडेलले भोलीका लागि तय भएको अधिवेशन स्थगित भएको जानकारी दिए ।

केन्द्रले काभ्रे जिल्लाका लागि खटाएको निर्वाचन अधिकृत सम्पर्कविहिन छन् । यसबारेमा जानकारी लिन निर्वाचन अधिकृत राजेन्द्र लामिछानेलाई हामीले बारम्बार फोन गर्दा समेत उनको मोबाइलमा सम्पर्क हुन सकेन ।

अहिले उनको मोबाइल अफ रहेको छ । लामिछाने विना सूचना बेपत्ता भएका काँग्रेस जिल्ला सभापति मधु आचार्यले सामाजिक संजालमार्फत जानकारी गराएका छन् । मतदाता नामावली सार्वजनिक नभएको र जिल्लाको १३ वटा पालिकाका लागि निर्वाचन प्रतिनिधि समेतको सुनिश्चित नभएको कारण भोली हुने भनिएको पालिकास्तरीय अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको पनि उनले जानकारी दिएका छन ।

9405
Shares

ट्रेन्डिङ