सबैको समाचार
सोमवार, माघ ७, २०८१
  • होमपेज
  • काभ्रेबाट आधा किलो सुनसहित २ जना पक्राउ

काभ्रेबाट आधा किलो सुनसहित २ जना पक्राउ

115
Shares
काभ्रेबाट आधा किलो सुनसहित २ जना पक्राउ

काभ्रे । काभ्रे स्थित साँगा चोकबाट ५ सय ५८ ग्राम सुनसहित २ जना पक्राउ परेका छन् ।

बनेपा नगरपालिका–१३ साँगा चोकबाट काभ्रेबाट खटिएको प्रहरीले आइतबार साँझ २ जना लाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा रामेछाप मन्थली नगरपालिका–१ बस्ने २९ वर्षीय अमृत श्रेष्ठ   र   रोशी गाउँपालिका–९ बस्ने ३८ वर्षीय बसन्त लामा रहेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बीएबी ८६०८ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको सिट मुनी प्लास्टिकको झोलामा लुकाई छिपाई राखेको  सुन   बरामद  गरिएको हो ।

घटनाबारे थप अनुसन्धानको कार्य भईरहेको प्रहरीले जनाएको छ ।

115
Shares

ट्रेन्डिङ