सबैको समाचार
शुक्रबार, भदौ २६, २०८३
  • होमपेज
  • व्यापार सम्बन्ध चिसिँदै गएपछि चीनमा आईफोन बिक्री उच्च दरले घट्दै

व्यापार सम्बन्ध चिसिँदै गएपछि चीनमा आईफोन बिक्री उच्च दरले घट्दै

1340
Shares
व्यापार सम्बन्ध चिसिँदै गएपछि चीनमा आईफोन बिक्री उच्च दरले घट्दै

काठमाडौं | अमेरिकासँगको व्यापार सम्बन्ध चिसिँदै गएपछि चीनमा आईफोनको बिक्री उच्च दरमा घटिरहेको छ । अनुसन्धान फर्म काउन्टर पोइन्टका अनुसार एप्पलको आईफोनको बिक्री चीनमा ठूलो मात्रामा घटिरहेको बीबीसीले जनाएको छ ।

एक वर्षअघिको तुलनामा २०२४ को पहिलो छ हप्तामा चीनमा आइफोनको बिक्री २४ प्रतिशतले घटेको छ । चीनको हुवावे कम्पनीले भने घरेलु बजारमा आफ्नो बिक्री ६४ प्रतिशतले बढाएको रिपोर्टमा उल्लेख छ ।

अमेरिकासँगको खराब व्यापार सम्बन्धका कारण चीनमा आईफोनको मूल्य बढिरहेको छ । चिनियाँहरूले अब हुवावे, ओप्पो, भिभो लगायतका स्मार्टफोन रुचाउन थालेका छन् ।

एप्पलको सबैभन्दा ठूलो बजार चीनमा स्मार्टफोन बिक्री घट्नुलाई प्रविधिको बजारमा महत्त्वका साथ हेरिएको छ । चीनमा मागमा आएको गिरावटले एप्पलको राजस्वलाई असर गर्न सक्छ ।

चीनमा एप्पलको हिस्सा चौथो स्थानमा रहेको छ । चीनको सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन निर्माता कम्पनी बनेको र भिभो पहिलो नम्बरमा रहेको काउन्टर पोइन्टले जनाएको छ ।

1340
Shares

ट्रेन्डिङ