सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • अंग दान गर्न नहिचकिचाऔं: प्रधानमन्त्री

अंग दान गर्न नहिचकिचाऔं: प्रधानमन्त्री

1570
Shares
अंग दान गर्न नहिचकिचाऔं: प्रधानमन्त्री

काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अंग प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण नेपालीहरूमा अपील गरेका छन्।

शनिबार बिहान काठमाडौंमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अंग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले मृत्युपछि खरानी भएर जाने अंगहरू दान गर्न हिचकिचाउन नहुने बताएका हुन्।

‘मानव हुनुको नाताले कलेजो, मृगौला, मुटु, फोक्सो लगायतका अंग फेल भएर मृत्युको मुखमा पुगेका बिरामीहरूलाई बचाउन प्रयास गर्नु सबै मानवको साझा जिम्मेवारी हो,’ उनले भने। आफूले यसअघि नै अंगदान गर्ने घोषणा गरिसकेको प्रधानमन्त्री प्रचण्डले बताए।

राष्ट्रिय अंग प्रत्यारोपण केन्द्र विस्तारका लागि जग्गा उपलब्ध गराउने निर्णय भइसकेको बताउँदै उनले आफ्नै कार्यकालमा यससम्बन्धी बाँकी काम टुंगोमा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताए।

1570
Shares

ट्रेन्डिङ