सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रे भुम्लुका सबै विद्यालय भोलीदेखि बन्द

काभ्रे भुम्लुका सबै विद्यालय भोलीदेखि बन्द

5910
Shares
काभ्रे भुम्लुका सबै विद्यालय भोलीदेखि बन्द

 

काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाले भोली देखि पालिका भित्रका सबै विद्यालयलाई बिदा दिने भएको छ ।

पालिकाले आज एक सूचना जारी गर्र्दै भोलीदेखि माघ १५ गतेसम्म बिदा दिने निर्णय गरेको हो ।

ओ मि क्रो न भेरियन्टको स ङ क्र मणसमेत बढ्न थालेकाले विद्यार्थीको स्वास्थ्य, सुरक्षा तथा बचावटका लागि विशेष ध्यान दिँदै देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयको वार्षिक बिदामा मिलान हुने गरी यही पुस २७ गतेदेखि २०७८ माघ १५ सम्म बिदा दिने निर्णय शिक्षा मन्त्रालयले गरेको छ ।

सोही निर्णय अनुसार पालिकाभित्रका सम्पूर्ण विद्यालय बन्द गर्न लागिएको प्रमुख प्रशासकिय अधिकृत ढाकाराम अर्यालद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

बिदाको अवधिमा विद्यालयले सिकाइ सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्थाअनुसार विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रबन्ध मिलाउन पनि सूचना मार्फत नै आग्रह गरिएको छ ।

 

5910
Shares

ट्रेन्डिङ