सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सुर्खेतमा थपिए १५ सङ्क्रमित, मृतकको रिर्पोट ‘नेगेटिभ’

सुर्खेतमा थपिए १५ सङ्क्रमित, मृतकको रिर्पोट ‘नेगेटिभ’

6595
Shares
सुर्खेतमा थपिए १५ सङ्क्रमित, मृतकको रिर्पोट ‘नेगेटिभ’

सुर्खेत, १५ जेठ : पछिल्लो २४ घण्टामा सुर्खेतमा थप १५ सङ्क्रमित फेला परेका छन् । यससँगै कर्णाली प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३८ पुगेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर परीक्षण गरिएकामध्ये वीरेन्द्रनगर नगरपालिकाका सात पुरुष, तीन महिला, चौकुने गाउँपालिकाका दुई महिला, एक पुरुष, सुदुरपश्चिमको बझाङ घर भएका ५५ वर्षीय एक पुरुष र पहिचान हुन बाँकी एक महिलामा गरी १५ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

महाशाखा प्रमख डा लक्ष्मीनारायण तिवारीले नयाँ पहिचान भएका सबै सङ्क्रमितलाई आइसोलेसनमा राखिएको र उहाँहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो । बझाङका ५५ वर्षीय पुरुष तथा बोल्न नसक्ने एक महिलाको ठेगाना पत्ता लगाउन प्रयास भइरहेको उहाँले बताउनुभयो ।

मन्त्रालयले प्रदेशका सबै जिल्लामा आरडिटी र पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन कार्य भइरहेको जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशभर ५५० आइसोलेसन, १७ भेन्टिलेटर रहेका छन् । पछिल्लो २४ घण्टामा सुर्खेत र जुम्लामा गरिएको १६० पिसीआर परीक्षणमध्ये सुर्खेतस्थित प्रदेश अस्पतालको प्रयोगशालामा १५ जनाको रिर्पोट पोजिटिभ आएको हो ।

मृ’तक युवाको रिर्पोट नेगेटिभ
भारत गुजरातबाट फर्कने क्रममा मङ्गलबार राति मृ’त्यु भएका सुर्खेतका एक युवकको कोरोना रिर्पोट नेगेटिभ देखिएको छ । प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काका अनुसार मृतकको बुधबार स्वाब परीक्षणका क्रममा कोरोना नभएको पाइएको छ ।

आफन्तका अनुसार ती युवामा बाथ रोगसम्बन्धी समस्या थियो । बबईबाट वीरेन्द्रनगर आउँदै गर्दा बान्ता गर्न थालेपछि उहाँलाई अस्पताल पु¥याइएको थियो । कोरोना नदेखिएपछि अस्पतालले शव परीक्षण गरेर परिवारलाई बुझाउनेछ ।

6595
Shares

ट्रेन्डिङ