सबैको समाचार
बुधबार, असार ३, २०८३
  • होमपेज
  • रोशी गाउँपालिकाबाट वेवारिसे तथा विक्षिप्त अवस्थामा रहेका पुरुषको उद्धार

रोशी गाउँपालिकाबाट वेवारिसे तथा विक्षिप्त अवस्थामा रहेका पुरुषको उद्धार

840
Shares
रोशी गाउँपालिकाबाट वेवारिसे तथा विक्षिप्त अवस्थामा रहेका पुरुषको उद्धार

काभ्रे :- काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं. ९ स्थित फुटबल मैदान नजिकै वेवारिसे तथा मानसिक रोगी जस्तो देखिने एक पुरुषलाई प्रहरीले उद्धार गरेको छ। स्थानीयवासीले उक्त व्यक्तिलाई विक्षिप्त, असहाय र वेवारिसे अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मङ्गलटारको टोली तत्काल उद्धारका लागि खटिएको थियो।

प्रहरी टोलीले उद्धार गरेको उक्त पुरुषको पहिचान खुल्न सकेको छैन। उनको नाम, थर तथा स्थायी ठेगाना अज्ञात रहेकाले स्थानीय तह तथा सामाजिक संस्थासँग समन्वय गरी आवश्यक संरक्षण प्रदान गर्ने पहल गरिएको हो।

यसैक्रममा, रोशी गाउँपालिकासँगको सहकार्यमा उद्धार गरिएका पुरुषलाई सुरक्षित आवास तथा आवश्यक सेवा प्रदान गर्न धुलिखेल नगरपालिका-१२ स्थित मानव कल्याण समाज (सेवा घर) मा पठाइएको छ।

मानव कल्याण समाजले असहाय, वेवारिसे तथा सहाराविहीन व्यक्तिहरूलाई संरक्षण तथा पुनर्स्थापनाका लागि समर्पित सेवा प्रदान गर्दै आइरहेको छ। समाजको यो प्रयास नागरिकहरूलाई मानवता, सामाजिक उत्तरदायित्व र परोपकारी सेवाका लागि प्रेरित गर्ने उदाहरणीय कार्य हो।

स्थानीय प्रशासन, प्रहरी तथा सामाजिक संघसंस्थाहरूको यसरी गरिने उद्धार तथा पुनर्स्थापना कार्यले सहारा बिहीन व्यक्तिहरूलाई सुरक्षित जीवनयापनको अवसर प्रदान गर्छ। भने मानब कल्याण समाज सेवा घर सडक मानबलाई उद्दार र तथा सम्रक्षण गर्दै आएको सामाजिक सस्था हो।

840
Shares

ट्रेन्डिङ