सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • काभ्रेमा शैक्षिक अन्तरक्रिया तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

काभ्रेमा शैक्षिक अन्तरक्रिया तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

775
Shares
काभ्रेमा शैक्षिक अन्तरक्रिया तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

काभ्रे :- धुलिखेल नगरपालिकाको सभाहलमा आज सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघ र नेपाल शिक्षक महासंघको आयोजनामा हामी सुधारछौ हाम्रो विद्यालय भन्ने नाराका साथ शैक्षिक अन्तरक्रिया तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ।

सामाजिक विकास मन्त्रालय बाग्मती प्रदेश सरकारको सहकार्य र शिक्षा समन्वय ईकाई काभ्रेको समन्वयमा अन्तरक्रीया कार्यक्रम सम्पन्न गरिएको हो। जिल्लाका सामुदायिक विद्यालयका प्रधानाध्यापक , विद्यालय व्यवास्थापन समितिका पदाधिकारी तथा शिक्षा विदको उपस्थिति र एक आपसको अन्तरक्रियाका साथ कार्यक्रम सम्पन्न गरिएको हो।

अन्तरक्रियामा विद्यालयलाई कसरी राम्रो बनाउँ सकिन्छ। र नमुना विद्यालयको रुपमा रहेका विद्यालयले कसरी कार्य सम्पादन गर्दै आईरहेका छन् भन्ने विषयमा सामुदायिक विद्यालय जुन नमुना रुपमा धुलिखेल १० मा रहेको बालज्वती आधारभुत विद्यालय र पनौती नगरपालिकाको वडा न ८ मा रहेको भालेस्वर माध्यमिक विद्यालयको बारे भिडियो सामग्री देखाईएको थियो।

कार्यक्रममा विद्यालयका समास्या र सुधारका लागी आवस्यक र गर्नु पर्ने विषयमा सहभागीले प्रस्न गरेका थिए भने कार्यक्रममै सहभागी शिक्षा विदहरुले आएका प्रस्नहरुको उतर दिनु भएको थियो। भने केही शिक्षा विदले विद्यालयलाई उत्कृस्ट बनाउन केके गर्नु आवस्यक छ र त्यो कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रस्तुतिकरण गरेका थिए।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा जिसस काभ्रेका प्रमुख दिपक गौतम रहेका थिए भने। अन्य स्थानीय पालिकाका प्रमुख हरुको समेत उपस्थिति रहेको थियो। संगै अन्तरक्रीया पछी सामुदायिक विद्यालय महासघ काभ्रेको नया समिति समेत चयन गरिने जनाईएको छ।

775
Shares

ट्रेन्डिङ