सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • भिआइपी र ब्लाक एण्ड ह्वाइटद्वारा मजदुरलाई खाजा

भिआइपी र ब्लाक एण्ड ह्वाइटद्वारा मजदुरलाई खाजा

5710
Shares
भिआइपी र ब्लाक एण्ड ह्वाइटद्वारा मजदुरलाई खाजा

काभ्रे /  काठमाण्डौंमा मजदुरी गरी बस्ने मजदुरहरु गाउँ फर्कने क्रमले तिब्रता पाएको छ । स्थानीय सरकार र राजनितिक दलका नेता कार्यकर्ताले आफ्नो क्षेत्रका मजदुहरुलाई धमाधम जन्मथलो फर्काउन थालेका छन् ।

यसैबीच काठमाण्डौमा मजदुरी गरी बस्ने करिव २ सय मजदुरलाई रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. ९ का वडाध्यक्ष बुद्धिबहादुर पुलामीले काठमाण्डौबाट गाडी रिजर्भ गरी मजदुरहरुलाई जन्मथलो पु¥याएको छ ।
घर फर्कने मजदुरहरुलाई बनेपामा रहेकोे भिआइपी थकाली रेष्टुरेण्ट र होटल ब्लाक एण्ड ह्वाइटले बनेपामा खाजा, नास्ता खुवाएर रामेछाप पठाएका छन् ।

भिआइपी थकाली रेष्टुरेण्ट र होटल ब्लाक एण्ड ह्वाइटका प्रोपाइटर कृष्ण श्रेष्ठ, प्रकाश श्रेष्ठ र नेविसंघ काभ्रेका अध्यक्ष नृपेश बादेले आफ्नै खर्चमा मजदुरहरुलाई चाउचाउ, पानी, बिस्कुट लगायतका खानेकुराहरु खुवाएर गन्तव्यतर्फ पठाएका हुन् । होटल ब्लाक एण्ड ह्वाइटका प्रोपाइटर तथा नेविसंघ काभ्रे अध्यक्ष बादेले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण अलपत्र परेका मजदुरहरुलाई पहिलादेखी नै दैनिकजसो खाना, खाजा खुवाउदै आएको बताउँछन् ।

5710
Shares

ट्रेन्डिङ