सबैको समाचार
बुधबार, असार ३, २०८३
  • होमपेज
  • रेयुकाई अस्पताललाई डुले इन्टरमेड इन्टरनेशनल बस सहयोग हस्तान्तरण

रेयुकाई अस्पताललाई डुले इन्टरमेड इन्टरनेशनल बस सहयोग हस्तान्तरण

295
Shares
रेयुकाई अस्पताललाई डुले इन्टरमेड इन्टरनेशनल बस सहयोग हस्तान्तरण

काभ्रे :- जिल्लाको बनेपा वडा नं. ६ मा रहेको रेयुकाई ऐइ मासुनागा आँखा अस्पताललाई डुले इन्टरमेड इन्टरनेशनल अमेरिकाको सहयोगमा बस हस्तान्तरण गरिएको छ। आँखा उपचारको क्षेत्रमा काम गर्ने अस्पताललाई विरामीको उपचार गर्न र अस्पतालले सञ्चालन गर्ने क्याम्पमा आगामी दिनमा यस बसले सहजता प्रदान गर्नेमा अस्पताल विश्वस्त रहेको, हस्तान्तरण कार्यक्रमलाई सहजीकरण गर्दै अस्पताल निर्देशक हिरा शर्मा नेपालले बताउनुभयो।

सामान्य साप्ताहिक आँखा शिविरबाट सुरु गरिएको आँखा अस्पताललाई स्वदेश तथा विदेशी संस्थाको सहयोगले गर्दा अहिले पहाडका नागरिकलाई बनेपाबाट र धनुषा जिल्लाको ढल्केवरबाट सेवा दिँदै आएकोमा, केही दिनअघि डुले इन्टरमेड इन्टरनेशनल अमेरिकाका अध्यक्ष स्कर्ट ह्यामिल्टन (Scott Hamilton) लगायतको समूहले निरीक्षण तथा केही शिविर सञ्चालन गर्यो। सो क्रममा विरामीहरूको आवत–जावतमा पनि समस्या देखिएपछि अध्यक्ष Scott Hamilton र समूहको सहयोगको बाचा सहित तत्काल बस खरिद गरेर आज हस्तान्तरण गरियो।

बस भएसँगै शिविर सञ्चालनका लागि सहजता हुनुका साथै आँखा समस्या भएका नागरिकले बढी सेवा पाउनेमा रेयुकाई मासुनागा आँखा अस्पतालका अध्यक्ष मधु आचार्यले जानकारी दिनुभयो।

डुले इन्टरमेड इन्टरनेशनलका अध्यक्ष Scott Hamilton ले हस्तान्तरण पश्चात् देशमा आँखा उपचारका थुप्रै केन्द्र रहे पनि सबैले ग्रामीण भेगबाट ल्याएर उपचार गर्न सक्ने सम्भावना नदेखिएको बताए। “हामी आफैँ गाउँ–गाउँ पुगेर स्क्रिनिङ गर्दा ६०–७०% विरामी फेला पार्‍यौँ। तर ती विरामीलाई अस्पताल ल्याएर उपचार गराउन नआउने समस्या देखिएपछि बस हस्तान्तरण गर्यौँ। यसले अन्धोपनसँगै आँखा स्वास्थ्य सेवामा थप बल पुग्ने विश्वासका साथ हाम्रो टिमले सहयोग गरेको हो,” अध्यक्ष स्कर्ट ह्यामिल्टन (Scott Hamilton) ले बताउनुभयो।

रेयुकाई ऐइ मासुनागा आँखा अस्पतालको ढल्केवर शाखामा राखेर सो बसबाट आँखा उपचारमा प्रयोग गरिने जनाइएको छ।

295
Shares

ट्रेन्डिङ