सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • विकासमा राजनीति गर्नु हुँदैन : उपप्रधानमन्त्री महासेठ

विकासमा राजनीति गर्नु हुँदैन : उपप्रधानमन्त्री महासेठ

945
Shares
विकासमा राजनीति गर्नु हुँदैन : उपप्रधानमन्त्री महासेठ

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकासको मामिलामा राजनीति गर्न नहुने बताएका छन् ।

ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीति ५ वर्षमा ६ महिना जति गरे पुग्ने भन्दै अरु बेलामा विकास निर्माणमा लाग्नुपर्ने बताएका हुन् ।

उनले दलभन्दा माथि उठेर नसोचेसम्म देश अघि बढाउन नसकिने जिकिर गरे । वर्तमान सरकारले भौतिक प्रगतिको रुपमा राम्रो उपलब्धि पाउने उनको दाबी छ ।

उपप्रधानमन्त्री महासेठले देश विकासका लागि सबैको भूमिका महत्वपूर्ण हुने बताउँदै नेपालमा विगतको भन्दा वर्तमानमा धेरै प्रगति भएको दाबी गरे ।

945
Shares

ट्रेन्डिङ