सबैको समाचार
शुक्रबार, बैशाख १२, २०८२
  • होमपेज
  • आत्महत्या प्रयास प्रकरण: काउन्सिलको कारबाही, ४ चिकित्सक ७ दिनका लागि निलम्बित, विभागमा तालाबन्दी, अस्पतालकै दोहोरो चरित्र

आत्महत्या प्रयास प्रकरण: काउन्सिलको कारबाही, ४ चिकित्सक ७ दिनका लागि निलम्बित, विभागमा तालाबन्दी, अस्पतालकै दोहोरो चरित्र

150
Shares
आत्महत्या प्रयास प्रकरण: काउन्सिलको कारबाही, ४ चिकित्सक ७ दिनका लागि निलम्बित, विभागमा तालाबन्दी, अस्पतालकै दोहोरो चरित्र

पुजन धिताल / काभ्रे :- धुलिखेल अस्पतालका आवासीय चिकित्सकको आत्महत्या प्रयाससँग सम्बन्धित घटनालाई लिएर नेपाल मेडिकल काउन्सिलले ४ जना चिकित्सकलाई ७ दिनका लागि निलम्बन गरेको छ । काठमाडौं विश्वविद्यालय अस्पताल (धुलिखेल अस्पताल)का आवासीय चिकित्सकको आत्महत्या प्रयाससँग सम्बन्धित घटनालाई लिएर नेपाल मेडिकल काउन्सिलले ४ चार जना चिकित्सकलाई निलम्बन गरेको हो ।

आवासिय चिकित्सकले ओभरडोज औसधि सेवन गरेको र अस्पतालमै उपचार पश्चात् अहिले सामान्य अवस्थामा फर्किएको जनाएको छ । भने अहिले विधार्थीहरुले गत १६ गते देखि लगाएको ताला अझै खुल्न सकेको छैन। विधार्थीहरुका अनुसार लगाएको ताला माग सम्बोधन नभएकै कारण अझै ताल्चा खोल्न नदिएको दाबि गर्नु हुन्छ। भने फागुन ४ गते घटेको घटना बारे जनाकारी नदिएको अस्पताल प्रशासनले निलम्बन पश्चात मात्र घटनाको बारेमा सुचना मार्फत जानकारी दिएको हो। यसलाई समेत चौतर्फी सङ्गकाको नजरबाट हेरिएको छ।

अस्पतालका विभागीय प्रमुख एवं एसोसियट डिन प्रोफेसर डा. अजय रिसाल, एसोसियट प्रोफेसर डा. दीपक कुँवर, लेक्चररद्वय डा. वर्षा श्रेष्ठ र डा. रिका रिजाललाई मेडिकल काउन्सिलले एक साताका लागि निलम्बन गरेको अस्पतालले सूचना जारी गरी जानकारी दिएको हो ।

गत फाल्गुन ४ गते चिकित्सकले आत्महत्याको प्रयास गरेकोमा काउन्सिलको पत्र बमोजिम ४ जनालाई ७ दिनका लागी निलम्बनमा राखिएको धुलिखेल अस्पतालले जारी गरेको सुचनामा उल्लेख छ । भने गत १२ फागुनमा बसेको पूर्ण बैठकले उनीहरुलाई काम कारबाहीमा संलग्न नगर्न/नगराउन केयु स्कूल अफ मेडिकल साइन्सेजलाई काउन्सिलले निर्देशनात्मक पत्राचार गरेको हो । विभागीय प्रमुख सहित मानसिक रोग विभागमा कार्यरत चिकित्सकले मानसिक यातना दिएको भन्दै एक आवासीय चिकित्सकले आत्महत्या प्रयास गरेपछि अध्ययनरत विद्यार्थीहरूले छानबिनको माग गरेको पत्रमा उल्लेख छ ।

उक्त विषयलाई लिएर उजुरी परेपछि काउन्सिलले सदस्य डा. कालुसिंह खत्री र पुण्यरत्न शाक्यलाई अनुसन्धानका लागि धुलिखेल पठाएको थियो । उजुरी र स्थलगत अध्ययन प्रतिवेदनमा छलफलपछि काउन्सिल निलम्बन गर्ने निर्णयमा पुगेको हो । अस्पताल प्रशासन घटना बारे चुप रहेता पनि काउन्सिलको निलम्बन पत्र पस्चात्त भने निलम्बन गरिएको सुचना जारी गर्दै यस्ता घटनामा शून्य शहन्शिलता अपनाईने अस्पतालका निर्देशक प्रा डा बलराम मल्लले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

150
Shares

ट्रेन्डिङ