काभ्रे, ६ साउन । काभ्रेको बनेपा नगरपालिका वडा नं . ७ बसपार्कमा होटल सञ्चान गरेर बसेका एकै परिवारका ४ जना मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरिक्षक अनिल घिमिरेका अनुसार बसपार्कमा गौतम होटल सञ्चालन गरिरहेका राजन दाहाल, उनका बुबा हरिभक्त दाहाल, आमा हरि माया दाहाल र बहिनी रन्जना दाहाल मृत अबस्थामा फेला परेका हुन ।
उनिहरु सबै होटल भित्र मृत अबस्थामा भेटिएका थिए । मृत अबस्थामा रहेको ठाँउवाट विष प्रयोग गरेको केहि खाली सिसिहरु भेटिएको इलाका प्रहरी प्रमुख घिमिरेले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।