सबैको समाचार
बुधबार, असार ३, २०८३
  • होमपेज
  • पुण्यमाता खोलामा नयाँ पुलको माग, स्थानीयले सडक डिभिजन कार्यालय भक्तपुरलाई खबरदारी

पुण्यमाता खोलामा नयाँ पुलको माग, स्थानीयले सडक डिभिजन कार्यालय भक्तपुरलाई खबरदारी

290
Shares
पुण्यमाता खोलामा नयाँ पुलको माग, स्थानीयले सडक डिभिजन कार्यालय भक्तपुरलाई खबरदारी

काभ्रे :- धनेश्वर (काभ्रे) – बनेपा–पनौती सडकखण्डअन्तर्गत बनेपा नगरपालिका वडा नम्बर ७ को धनेश्वर नजिकै अवस्थित पुण्यमाता खोलामा नयाँ पुल निर्माणको माग गर्दै स्थानीय बासिन्दाहरूले सडक डिभिजन कार्यालय भक्तपुरमा निवेदन बुझाएका छन्। स्थानीय बासिन्दाहरूले सिङ्गल लेनको मात्र रहेको हालको ‘रातो पुल’ ले दैनिक बढ्दो सवारी चाप धान्न नसक्दा गम्भीर समस्या सिर्जना भएको जनाउँदै सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशलाई औपचारिक रूपमा पत्र बुझाएका हुन्।

निवेदनमा उल्लेख भएअनुसार उक्त पुल हुँदै दैनिक करिब १ हजार ४ सयदेखि २ हजारसम्म टिप्पर तथा अन्य सवारी साधनसहित करिब ५ हजार ५ सय सवारी साधनहरूको आवागमन हुने गर्दछ। एकल लेनको पुलका कारण सवारी जाम, दुर्घटनाको जोखिम तथा पैदल यात्रुहरूलाई आवतजावतमा कठिनाइ भइरहेको स्थानीयहरूको भनाइ छ।

विशेष गरी बिरामी बोकेका एम्बुलेन्सहरू समेत लामो समय जाममा फस्ने अवस्था सिर्जना हुने गरेको र रातिको समयमा टिप्परहरू सञ्चालन हुँदा सर्वसाधारणका लागि पुल क्षेत्र असुरक्षित बन्दै गएको निवेदनमा उल्लेख गरिएको छ। यसले गर्दा कुनै पनि समय गम्भीर दुर्घटना भई जनधनको क्षति हुन सक्ने जोखिम बढेको स्थानीयहरूको गुनासो छ।

290
Shares

ट्रेन्डिङ