काठमाडौं । संसद् भवनको सुरक्षार्थ खटेका प्रहरी जवानले आफैंलाई गोली हानेर आत्महत्या गरेका छन् ।
दोलखा घर भएका अजित गोलेले आफैंले आफैंलाई गोली हानेर आत्महत्या गरेका हुन् । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार घटना करिब बिहान ९ बजेतिरको हो ।
घटनाको थप अनुसन्धान सुरु गरिएको छ ।