सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • इटालीमा तीन पटकसम्म भूकम्प

इटालीमा तीन पटकसम्म भूकम्प

3470
Shares
इटालीमा तीन पटकसम्म भूकम्प

मध्य इटालीमा बुधबार तीन पटकसम्म भूकम्प गएको समाचार छ । इटालीमा गत वर्ष मात्र भीषण भूकम्पले सताएको थियो ।
स्थानीय समयानुसार बुधबार बिहान १०ः२५ मा गएको भूकम्प ५.३ म्याग्निच्युडको भएको र ५० मिनेट पछाडि ५.७ म्याग्निच्युड र त्यसपछि तेस्रो भने ५.५ म्याग्निच्युडको भएको बताइएको छ ।
सो भूकम्पको कम्पन आबु्रज्जो लजिओ, मर्चेलगायत रोममा पनि महसुस गरिएको बताइएको छ ।
पछिल्ला भूकम्पहरुले अत्यन्त क्षतिग्रस्त बनाएको आकिइला सहरमा भने भवनहरु क्षतिको कुनै खवर प्राप्त नभएको बताइएको छ ।
आज गएको भूकम्पको केन्द्रविन्दु भने पहाडी सहर अमाट्रिसे नजिकैको क्षेत्रमा अङ्कित भएको छ । यस इलाका गत वर्षको अगस्त र अक्टोबरमा गएको भूकम्पको अति प्रभावित क्षेत्र हो ।
गत वर्ष आमाट्रिसे नजिकै अत्यन्त प्रभावित भएको ६.० म्याग्निच्युडको भूकम्पका पनि करिब ३ सय व्यक्तिको मृत्यु भएको थियो । रासस/एएफपी

3470
Shares

ट्रेन्डिङ