नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यमा शनिबार रातिसम्म आधाभन्दा बढी मत गणना हुँदा काभ्रेका गणेश लामाले ८ सय ८८ मत ल्याएका छन् ।
२३ सय ९३ मत गनिसक्दा काभ्रेका गणेश लामाले ८ सय ८८ मत ल्याएका हुन् । लामा अन्तिम ३५ मा अटाएका छन् ।
३५ जना खुल्लातर्फको केन्द्रीय सदस्य चयन हुने व्यवस्था अनुसार लामाले सम्भावना बढाएका छन् ।
काभ्रे काँग्रेसका नेता गणेश लामा शेर बहादुर देउवा प्यानलबाट सदस्यमा उठेका हुन् ।
मत गणना आज बिहान ९ बजे सम्मका लागि स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ।
एक हजार मत कटाउने नेताहरु:
१) डा शशांक कोइराला :- १९७१
२) एनपी साउद :- १५३८
३) बाल कृष्ण खाँण :- १५०७
४) रमेश लेखक :- १४५१
५) ज्ञानेन्द्र बहादुर कार्की :- १४२३
६) उदय सम्शेर राणा :- १४४५
७) रामहरी खतिवडा :- १३९५
८) अर्जुननरसिंह केसी :- १३८३
९) गोपाल मान श्रेष्ठ :- १३२३
१०) जिप छिरिङ लामा :- १३१२
११) जितजंग बस्नेत :- १२८३
१२) नैन सिंह महर :- १२८२
१३) डा रामशरण महत :- १२८१
१४) सुनिल बहादुर थापा :- १२४६
१५) बल बहादुर केसी :- १२३३
१६) दिलेन्द्र प्रसाद बडु :- १२३१
१७) मोहन बहादुर बस्नेत :- १२०२
१८) दिपक गिरि :- ११७४
१९) सुरेन्द्र राज पाण्डे :- ११५१
२०) कुन्दन राज काफ्ले :- ११४३
२१) सन्जय कुमार गौतम :- १००१
९ सय कटाउने:
२२) प्राडा गोविन्दराज पोखरेल :- ९६२
२३) राजीव ढुंगाना :- ९३५
२४) डा. गोपाल दहित :- ९३१
२५) कृष्णकिशोर घिमिरे :- ९२९
२६) दिनेश कोइराला :- ९२५
२७) बिरेन्द्र कुमार कनौडिया :- ९१९
२८) इ मोहन आचार्य :- ९१३
२९) अजयबाबु सिवाकोटी :- ९०९
३०) मदन बहादुर अमात्य :- ९०८
आठ सय कटाउने:
३१) उमेश जंग रायमाझी :- ८९१
३२) गणेश लामा :- ८८८
३३) मंगल प्रसाद थारु :- ८७१
३४) मनोज मणि अचार्य :- ८५४
३५) केदार कार्की :- ८१९
३६) यज्ञ बहादुर थापा :- ८०७
थापासहित ७९९ सयसम्म मत ल्याएका सबै ३५ जनाको कोटाभित्र पर्न असफल भएका छन् ।
यद्यपि यो २३९३ मत गणनाको परिणाम हो । २२८९ मत गन्न बाँकी नै छ । आइतबार आउने अन्तिम मतपरिणाममा यो नतिजा फेरिन सक्छ ।