काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने पक्षमा नरहेको बताएका छन् ।
सोमबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा उनले यस्तो बताएका हुन् । मन्त्री गुरुङले प्रेसको नियमन पनि मन्त्रालयका निकायबाट नभइ स्वायत्त छुट्टै निकाय बनाइने बताए ।
गुरुङले प्रेस स्वतन्त्रतामाथि कठोर बन्ने पक्षमा सरकार नरहेको बताउँदै सरकारले नियमन मात्रै गर्न खोजेको उल्लेख गरे ।
नियमन, स्वनियमन, सम्वर्द्धन, प्रवर्द्धन स्वायत्त निकायबाट हुनेगरी व्यवस्था मिलाउने गुरुङले बताए । वर्तमान सरकार नियन्त्रिण लोकतन्त्र, नियन्त्रित प्रेस स्वतन्ताको पक्षमा नरहेको पनि स्पष्ट पारेका छन् ।