सबैको समाचार
बुधबार, असार ३, २०८३
  • होमपेज
  • काठमाण्डौ उपत्यकासहित देशभरको तापक्रम बढ्न थाल्यो, प्रदुषण घट्यो

काठमाण्डौ उपत्यकासहित देशभरको तापक्रम बढ्न थाल्यो, प्रदुषण घट्यो

1410
Shares
काठमाण्डौ उपत्यकासहित देशभरको तापक्रम बढ्न थाल्यो, प्रदुषण घट्यो

काठमाडौं उपत्यकासहित देशभर तापक्रम क्रमशः बढ्दै गएको छ। हिउँदयाम सकिएसँगै गर्मी महसुस हुन थालेको मौसमविद् रोजन लामिछानेले जानकारी दिएका छन्।

मौसमविद् लामिछानेका अनुसार, हिजो काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २३.६ डिग्री सेल्सियस रहेकोमा आज बढेर २३ देखि २५ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ।

त्यस्तै, विराटनगर, जनकपुर, नेपालगञ्ज, सिमरा लगायतका स्थानहरूमा ३० डिग्री सेल्सियसभन्दा बढी तापक्रम रेकर्ड गरिएको छ। हाल देशभर अधिकतम तथा न्यूनतम तापक्रम बढ्ने क्रम जारी रहेको लामिछानेले बताए।

यसैबीच, आज कोशी र गण्डकी प्रदेशका केही स्थानमा आंशिक बदली भए पनि बाँकी पहाडी तथा तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा राति हल्का हिमपातको सम्भावना रहेको छ। यसैबीच, बिहीबारदेखि शनिबारसम्म परेको वर्षाले काठमाडौं उपत्यकालगायत देशभरको वायुप्रदूषण घटाएको छ।

1410
Shares

ट्रेन्डिङ