सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • ध्रुवतारा बाल विकास समाज सामाजिक काममा अग्रसर

ध्रुवतारा बाल विकास समाज सामाजिक काममा अग्रसर

4955
Shares
ध्रुवतारा बाल विकास समाज सामाजिक काममा अग्रसर

काठमाडौं, १३ कात्तिक । उत्साहित युवाहरुले स्थापना गरेको धु्रवतारा बाल विकास समाज सामाजिक काममा अग्रसर भएको छ । सामाजिक काममा चासो देखाउने युवाहरुको समूहले सञ्चालनमा ल्याएको संस्थाले विकास निर्माण खेलकुद प्रतियोगिता सञ्चालन लगायतका काम गर्दै आएको छ । विशेष गरी युवाहरुलाई सामाजिक काममा प्रोत्साहित गर्ने गरी समाजले काम गरिरहेको यसका संरक्षक वाङगेल गुरुङ बताउँछन् ।

समाजले केही समय अघि मात्रै धादिङको छत्रे देउरालीमा रहेको महेन्द्रोलय उच्च माध्यमिक विद्यालयको भवन निर्माणका साथै विद्यालयमा खेलकुद गतिविधि सञ्चालन गर्नका लागि खेलकुद सामाग्री समेत उपलब्ध गराएको थियो । समाजले स्कूललाई फुटबल पोष्ट, फुटबल, भलिबल पोल, ब्याडमिन्टन लगायतमा सामाग्री हस्तान्तरण गरेको थियो ।

जर्मन लगायतका देशबाट विभिन्न सहयोगी निकायबाट आर्थिक सहयोग जुटाएर पिपलचौरदेखि किटनीसम्मको सडक र किटनीदेखि आम्बोटसम्म कच्ची सडक बनाउन पनि आर्थिक सहायता गरेको छ । सहयोगी समूहहरु खोजेर लक्षित समुदायसम्म पु¥याउने प्रयास भाइबहिनी क्लबले गरिरहने यसका संस्थापकले जानकारी दिएका छन् । संस्थाले केही समयअघि जर्मन सहयोगमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता पनि आयोजना गरेको छ । खेल भावनाको अभिवृद्धि र खेलप्रति रुचि जगाउने उद्देश्यले फुटबल प्रतियोगिता आयोजना गरिएको संरक्षक गुरुङले जानकारी दिए ।

4955
Shares

ट्रेन्डिङ