सबैको समाचार
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंक लुट्न खोज्ने पाँच जना पक्राउ

राष्ट्रिय वाणिज्य बैंक लुट्न खोज्ने पाँच जना पक्राउ

545
Shares
राष्ट्रिय वाणिज्य बैंक लुट्न खोज्ने पाँच जना पक्राउ

काठमाडौं । नेपाली सेनाले राष्ट्रिय वाणिज्य बैंक लुट्न खोज्ने पाँच जनालाई पक्राउ गरेको छ।

जनसम्पर्क तथा सूचना निर्देशनालयले बानेश्वरको बैंक लुट्ने पाँच जनालाई सेनाले पक्राउ गरेको जानकारी दिएको छ।

मंगलबार राति १० बजेदेखि देशभरी सेना खटिसकेको छ। यसबीच आपराधिक तथा अपराजक गतिविधि बढ्न सक्ने भन्दै नेपाली सेनाको जंगी अड्डाले दुइटा हटलाइन नम्बर जारी गरेको छ।

सेनाले ०१–५९७९२२३ र ०१–५९७९२२४ मा सम्पर्क गर्न सकिने जनाएको छ।

नेपाली सेनाले अहिले देशका विभिन्न स्थानमा अराजक गतिविधि रोक्न चेतावनी दिइसकेको छ।

सेनाले अब शान्ति सुरक्षा र जनताको सुरक्षाका लागि खटिने बताएको छ।

545
Shares

ट्रेन्डिङ