सबैको समाचार
सोमवार, भदौ ८, २०८३
  • होमपेज
  • कांग्रेस काभ्रेले पार्टीका अग्रज नेताहरुसंग अन्तरक्रिया गर्ने

कांग्रेस काभ्रेले पार्टीका अग्रज नेताहरुसंग अन्तरक्रिया गर्ने

2285
Shares
कांग्रेस काभ्रेले पार्टीका अग्रज नेताहरुसंग अन्तरक्रिया गर्ने

काभ्रे। नेपाली कांग्रेस काभ्रेले पार्टीका अग्रज नेताहरुसंग अन्तरक्रिया गर्ने भएको छ ।

शनिवार बसेको जिल्ला कार्यसमितिको बैठकले पार्टीका अग्रज नेता, जिल्लाका पूर्व पदाधिकारी, जिल्ला सदस्यहरु, २०४९ र २०५४ सालको स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित तत्कालिन गाउँ विकास समितिका अध्यक्ष, उपाध्यक्ष, इलाका सदस्यहरुसंग मंसिर १६ गते शनिवार धुलिखेल नगरपालिकाको सभाहलमा कार्यक्रम गर्ने निर्णय गरेको जिल्ला सभापति तीर्थ लामाले जानकारी दिए ।

अग्रजहरुबाट ‘काभ्रे कांग्रेस कसरी अघि बढ्ने’ भन्ने सुझाव र मार्गनिर्देशन लिने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए ।

पार्टी संगठन जागरुक बनाउन कार्यक्रम फलदायी हुने उनले विश्वास लिए । कार्यक्रम पश्चात संगठन सुदृढिकरणको लागि टोलतहसम्म गतिविधीका साथै प्रशिक्षण चलाउने पनि लामाले जानकारी दिए ।

2285
Shares

ट्रेन्डिङ