सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • स्याउको तौल बराबरको शिशू जन्मिएपछि…

स्याउको तौल बराबरको शिशू जन्मिएपछि…

15735
Shares
स्याउको तौल बराबरको शिशू जन्मिएपछि…

अमेरीकाको एक अस्पतालमा २ सय ४५ ग्रामका शिशू जन्मिएका छन् । शिशूको नाम उनका अभिभावकले सेबी राखेका छन् । शिशू जन्मदा उनको तौल एउटा स्याउको तौल बराबरको भएकाले शिशूका बाबुआमाले नाम नै सेबी राखेका हुन् । डिसेम्बर २०१८ मा जन्मिएका उनी २३ हप्ता तीन दिनमा जन्मिएका हुन् ।

कम तौल भएका कारण चिकित्सकहरुले जन्मिएको केही घण्टामै शिशूको नबाँच्ने बताएका थिए । शिशूको स्वास्थ्य अवस्था गम्भिर भएकाले क्यालिफोर्नियाको सेन्टी यागोमा शार्प म्यारी वर्थ अस्पतालमा आइसियुमा राखिएको थियो । पाँच महिनासम्म आइसीयुमा राखिएपछि सेबी स्वास्थ्य भएका छन् ।

चिकित्सकले जन्मिएको केही घण्टामै मृत्यु हुनसक्ने भनिएको शिशूलाई स्वास्थ्य अवस्था राम्रो भएपछि क्यालिफोर्नीयाको सो अस्पतालले डिस्चार्ज गरिदिएको छ । स्याउ जति नै तौल भएका शिशू स्वास्थ्य अवस्थामा अस्पतालबाट फर्कनु आश्चर्यको कुरा भएको सेबीको हेरचाह गर्ने नर्सले बताएकी छन् ।

द टिनिएस्ट बेबी रजिस्ट्रीले सेबी संसारकै सबैभन्दा कम तौल भएको नवजात शिशू घोषित गरेको छ । यसअघि सन् २०१५ मा जर्मनीको एक नवजात शिशू २ सय ५२ ग्रामको जन्मिएर संसारकै सबैभन्दा कम तौल भएका शिशूको रकर्ड बनाएका थिए । अमेरीकाका सेबीले जर्मनको ती शिशूको रेकर्डलाई पनि तोडेका छन् ।

15735
Shares

ट्रेन्डिङ