सबैको समाचार
मङ्लबार, असार १७, २०८२

काठमाडौंमा आशा भोस्ले

15660
Shares
काठमाडौंमा आशा भोस्ले
काठमाडौँ, पुस  ,  १० , साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा भारतकी प्रसिद्ध गायिका आशा भोस्ले  बुधबार साँझ नेपाल आएकी छन्।

त्रिभुवन विमानस्थलमा  झाँकीसहित उनको स्वागत गरियो। भोस्लेको स्वागतका लागि यहाँका केही वरिष्ठ कलाकार पनि विमानस्थल पुगेका थिए।

भोस्लेले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्ने र रेडियो नेपाल जाने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

उनले शनिबार संगीतकार रणजीत गजमेरको सङ्गीतमा यहाँ तीनचार  गीत प्रस्तुत गर्ने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले बताएका छन्। भोस्ले पशुपतिनाथलगायत स्थान पनि जाने कार्यक्रम छ ।

‘उहाँलाई नेपालका ३५ जना कलाकारले पनि साथ दिनुहुने छ’, मोक्तानले भने।

यसअघि केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इन्द्रजीत मिजारलगायत कलाकार नेपाल आइसकेका छन्।

गायिका भोस्लेले यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु,  गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है, झझल्को लिएर आएछ सावन, साउने झरीमा, नयाँ नयाँ सजाऔँ है संसार, के सोचेँ मैले के भयो अहिले, किन बढ्दै छ ढुकढुकी मुटुको, पहाडको माथिमाथि, तिम्रो मनमा लुकेको कुरा, टाढा भइ नजाऊ कहिल्यै लगायतका गीतमा गाएकी छन्।

‘नेपाल भ्रमण वर्षलाई प्रवद्र्धन गर्न गायिका भोस्लेको नेपाल आगमनले ठूलो योगदान दिने छ’, मोक्तानले भने।

15660
Shares

ट्रेन्डिङ