सबैको समाचार
बिहिबार, साउन १४, २०८३
  • होमपेज
  • काठमाडौंमा लागूऔषध कारोबारमा संलग्न दुई जना पक्राउ

काठमाडौंमा लागूऔषध कारोबारमा संलग्न दुई जना पक्राउ

685
Shares
काठमाडौंमा लागूऔषध कारोबारमा संलग्न दुई जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–३१ स्थित बासुकी मार्गको एक घरबाट लागूऔषध बिक्री गर्दै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बल नेपाल एपीएफ इन्जेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा न. २० गण हेड क्वाटर सिनामंगल शसत्र प्रहरी टोलिले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा धनकुटा पाख्रीबास नगरपालिका–५ का ३१ वर्षीय डिल्लि बहादुर कटुवाल र झापा भद्रपुर नगरपालिका–२ का ३० वर्षीय शैलेश थापा रहेका छन्।

सशस्त्र प्रहरीले उनीहरूको साथबाट नगद १२ हजार ४ सय रुपैयाँ , ३० ग्राम खैरो हिरोइन, ३ प्याकेट गाँजा, ब्राउन सुगर तौल गर्न प्रयोग हुने १ थान डिजिटल तराजु, १ थान मोटरसाइकल र ३ थान मोबाइल बरामद गरेको जनाएको छ। अनुसन्धानमा ब्राउन सुगर सिरहाको गोलबजारबाट ल्याई बिक्री गर्ने गरेको खुल्न आएको छ।

सशस्त्र प्रहरीको अनुसार कटुवाल यसअघि पनि लागूऔषध मुद्दामा पक्राउ परेर ६ महिना कैद भुक्तान गरी धरौटीमा छुटेका व्यक्ति हुन्।

पक्राउ परेको दुवै जनालाई बरामद सामानसहित आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बानेश्वरमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल न.२० गण प्रमुख सप्रउ जिवन के.सी.ले जानकारी दिए।

685
Shares

ट्रेन्डिङ