सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • ​बिकट जिल्ला सोलुखुम्बु को सोताङ गाबिस मा डोजर पुग्यो स्थानीय बासी हर्सित

​बिकट जिल्ला सोलुखुम्बु को सोताङ गाबिस मा डोजर पुग्यो स्थानीय बासी हर्सित

4480
Shares
​बिकट जिल्ला सोलुखुम्बु को सोताङ गाबिस मा डोजर पुग्यो स्थानीय बासी हर्सित


​सोलुखूम्बु सोताङ्का दिपक खडकालाई नजिकैको दिप्ली सम्म गाडी गुडिरहँदा सोताङ् सम्म चै कहिले गाडी गुडला भन्ने चिन्ता हुन्थ्यो । आफ्नौ ठाउँ सम्म गाडीमा सामान ल्याउन पाए हुन्थ्यो भन्ने चाहना खड्काको थियो । खड्का मात्र होइन कोशी पारीका सोताङ् वासीको सपना पुरा हुने भएको छ ।
सभाषद वल वहादुर केसीको पहल र स्थानियको संग्लनतामा कोशी पारी पहिलो पटक ट्याक्टर र जिप पुग्दा स्थानियबासीले फुलमाला र अविरले सवारी साधनको स्वागत गरेका थिए ।

वर्षैदेखि आफ्नौ ठाउँबाट सवारी साधनमा यात्रा गर्ने र सामान ढुवानी गर्ने सपना करिबकरिब  साकार भएको खड्काले बताए । कोशी पारीका वासीन्दाको सपना पुरा भएको छ अव वस समेत यो ठाउँबाट सन्चालन गर्ने तयारी थालेका छौ । खडकाले भने ‘गर्दा के हुदैन रहेछ र’ ।
कोसिपारीको विकाशको यो खुड्किलोमा सभाषद केशीको महत्वपुर्ण भुमीका रहेको र उनी आफै पनि सहभागी भै स्थानीयबासी सँगै काम गरेको स्थानीयबासी वताउछन् । घर सम्मै गाडीमा सामान ढुवानी गर्न सधै वाधक वन्ने दुधकोशीमा काठे पुल लगाएपछि स्थानीय वासीमा थप उत्साह बढेको छ । स्थानिय खडकाकै पहलमा पुल निर्माण भएको हो ।
पुल निर्माण अघि नै सभाषद केशी लगायत काग्रेसका जिल्ला तहका नेताहरुले कोशी पारी डोजर लिएर पुगेका थिए । यस अघि स्थानियबासीले कोशी वारीको दिप्ली सम्म मात्रै सवारी साधनको सुविधा पाउदै आएका थिए । पुल निर्माण पछि सोलुखुम्वुका करिव १० गाविसका स्थानियबासी लाभान्बित हुने भएका छन् ।
खड्का कै ब्याक्ती गत लगानी तेस्तै श्रमदान केही सर्कारी बजेट  गर्दै पावै र सोताङ को सिमाना मा रहेको देबि डाडा सम्म डोजर बाटो बनाउदै पुग्दा स्थानीय जनता ले भब्य स्वागत गरेका थिए बर्साद को समय भन्दा पैले सोताङ बजार सम्म मोटर बाटो पुर्याएर छोड्ने दिपक खड्काबताउछन्।

4480
Shares

ट्रेन्डिङ