सबैको समाचार
शनिबार, भदौ २७, २०८३
  • होमपेज
  • काभ्रेमा दोहोरो नागरिकता लिने एक जना पक्राउ

काभ्रेमा दोहोरो नागरिकता लिने एक जना पक्राउ

3425
Shares
काभ्रेमा दोहोरो नागरिकता लिने एक जना पक्राउ

काभ्रे । काभ्रे प्रहरीले आइतबार दोहोरो नागरिकता लिने एक व्यक्तिलाई पक्राउ गरेको छ। काभ्रे र काठामाण्डौ जिल्ला प्रशाशन कार्यालय बाट नागरिकता लिने एक जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका ४ स्थायी ठेगाना भएको राजु गुरुङ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गुरुङले काभ्रे बनेपा नगरपालिका वडा न १४ बाट ना.प्र.प्र.न.३०-०१-७४-१०९७७ को जिल्ला प्रशासन कार्यालय काभ्रे बाट जारी भएको नागरिकता र राहदानी सङै काठमाणडौ महानगरपालिका वडा न. ४ बाट पनि नागरिकता न २७१०६०/१२०२०५ नागरिकता सहित राहदानी लिएको देखिए पछि जिल्ला प्रशासन कार्यलय काभ्रेले प्रहरीमा अनुसन्धानका लागी बुझाएको काभ्रे प्रहरीका डीएसपी तथा सुचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिएका छन्।

पक्राउ पर्ने गुरुङ लाई हिरासतमा लिई थप अनुसन्धान अघिबडाईएको समेत प्रहरीले जनाएको छ।

3425
Shares

ट्रेन्डिङ