सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मनको चौतारी धमाका"२ले आयोजीत गराएको खुलाम खुल्ला लोक दोहोरी प्रतियोगिता सप्पन्न,

मनको चौतारी धमाका"२ले आयोजीत गराएको खुलाम खुल्ला लोक दोहोरी प्रतियोगिता सप्पन्न,

3835
Shares
मनको चौतारी धमाका"२ले आयोजीत  गराएको खुलाम खुल्ला लोक दोहोरी प्रतियोगिता सप्पन्न,

मनको चौतारी धमाका”२ले आयोजीत गराएको खुलाम खुल्ला लोक दोहोरी प्रतियोगिता सप्पन्न,
नेपाली लोक संस्कृतिको जगेर्ना गर्ने साथै आफू सँग कला र गला भएर पनि स्थान नपाएर पछाडि परेका त्यस्ता प्रतिभावान लोक गायक गायिकाहरु लाई राम्रो अवसर दिएर उनीहरुको सपना पुरागर्ने साथै देशमा अब्बल गायक गायिका जन्माउने उदेश्यले स्थापना गरिएको यस मनको चौतारीले आफ्नो दोस्रो वार्षिकोत्सब पारेर आयोजना गरेको मनको चौतारी धमाका २ खुल्ला लोक दोहोरी वाह्स्ट अप प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ।
मनको चौतारीका अध्यक्ष होम आचार्य तथा उपाध्यक्ष : सन्ध्या मगर/माहा सचिब :बिकास भट्ट ज्यु/सचिब: चित्र अधिकारि/ सह सचिब :अमर मगर/सस्थापक :बिनिता लिम्बु/सह संस्थापक : रमन गिरि/कोषाअध्यक्ष:राज लिम्बुब्याबस्थापक :सपना महत/सह ब्याबस्थापक:दिपा कार्की/सम्योजक :अमृत के सि/सह सम्योजक :बर्षा सुबेदी/सल्लाहकार :तेजेन्द्र थापा
सल्लाहकार : विशाल लिम्बु /सदस्य :सुनिता शर्मा/सदस्य:आश्मा गिरि/सदस्य:सागर लिम्बु” प्राबिधिक तिलक मगर उक्त मनको चौतारीमा आवद्ध पदाधिकारी हरु को विशेष पहलमा आयोजना गरिएको उक्त कार्यक्रम सोचेभन्दा राम्रो र कुनै वादविवाद रहित सफल पारेको छ।
सभापति कृष्ण आचार्य र उप सभापति सरु घिमिरेको आतिथ्यमा संचालन भएको उक्त प्रतियोगितामा ४४०जना गायक गायिकाहरुले भागलिनु भएको थियो। जसमा ४४० जना कलाकारहरू मध्य पहिलो राउन्ड दोस्रो राउन्ड तेस्रो राउन्ड हुँदै फाइल चरणका लागि ५ जना प्रतिस्पर्थीहरु छनौटमा पर्न सफल भएका थिए। तिनै ५ छनौट भएकाहरु लाई प्रतिस्पर्धा गराएर प्रथम,दोस्रो,तेस्रो,सान्त्वना र उत्कृष्ट चयन भएका छन्।
निकै राम्रो प्रस्तुतिका साथ आयोजक तथा स्रोता, दर्शक र जर्जहरुको मन जित्न सफल भइ प्रथम स्थान ओगट्न सफल भएका छन् जय गीत जय संगित चौतारी बाट गायक गोबिन्द पौडेल। यसैगरी दोस्रो स्थानमा आफुलाई उभ्याउन सफल भएका छन् नमस्ते नेपाल दोहोरी साँझबाट गायक होमु राना। यसैगरी तेस्रो स्थानमा पर्न सफल भएकी छिन् प्रवासी एड्मिन ग्रुपबाट गायिका सृष्टि राई।सान्तोना र उत्कृष्ट स्थानमा पर्नु भएका छन् क्रमशः हाम्रो भेट्घाट चौतारी बाट प्रिया लामा र एकल दोहोरी साँझबाट अर्पण मगर।
उक्त कार्यक्रमका निर्णयक मण्डलमा हुनुहुन्थ्यो
सुकमान मगर,अमृत के सि र पासाङ तामाङ।उहाँहरुले निष्पक्ष रुपमा उत्कृष्ट कलाकारहरुको छनौट गर्नुभएको छ। उक्त मनको चौतारी धमाका २ खुल्ला लोक दोहोरी कार्यक्रमको पुरस्कार राशी रहेको छ प्रथममलाई एउटा लोक गीत रेकर्डिङ गर्ने अवसर,रु१००००/- दस हजार नेपाली रुपैयाँ नगदसहित प्रमाणपत्र। दोस्रोलाई रु३००००/- तिस हजार नेपाली रुपैयाँ नगदसहित प्रमाणपत्र। तेस्रोलाई रु२००००/- र प्रमाणपत्र, सान्त्वना पुरस्कार रहेको छ रु१००००/- र प्रमाणपत्र भने उत्कृष्ट पुरस्कार रु ५०००/ र प्रमाणपत्र रहेको छ।

3835
Shares

ट्रेन्डिङ