सबैको समाचार
बिहिबार, अशोज १५, २०८३
  • होमपेज
  • रोनाल्डोको ह्याट्रिक, युभेन्टस च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रोनाल्डोको ह्याट्रिक, युभेन्टस च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

5115
Shares
रोनाल्डोको ह्याट्रिक, युभेन्टस च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतते युभेन्टस एट्लेटिको मड्रिडलाई पाखा लगाउँदै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको प्रिक्वाटरफाइनलको दोस्रो लेगमा ३–० ले पराजित गर्दै समग्रमा ३–२ गोलले युभेन्टसले अन्तिम आठमा स्थान बनाएको हो । पहिलो लेगमा २–० ले पछि रहेको युभेन्टसले घरेलु मैदानमा खेलको २७ औं मिनेटमा रोनाल्डोले हेडर गोलमार्फत टिमका लागि पहिलो गोल गरे ।

पहिलो हाफमा एक गोलमात्र गरेको युभेन्टसले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । ४८ औं मिनेटमा पुनः रोनाल्डोले नै युभेन्टसका लागि गोल गर्दै खेल २–० को अवस्थामा पुर्याए । जसका कारण खेल समग्रमा २–२ का अवस्थामा पुग्यो ।

८५ औं मिनेटमा फेडेरिको बर्नाडेस्कीमाथि डिबक्समा फल गरेपछि पाएको पेनाल्टीलाई रोनाल्डोले नै गोल गर्दै ह्याट्रिक पूरा गरे । जसका कारण युभेन्टस च्याम्पियन्स लिगको अन्तिम ८ मा पुग्न सफल भयो । रोनाल्डोका कारण एट्लेटिकोले पहिलो लेगको २–० गोलको अग्रता खेर फाल्यो ।

5115
Shares

ट्रेन्डिङ