सबैको समाचार
शुक्रबार, साउन २२, २०८३
  • होमपेज
  • फिल्मी शैलीमा प्रेमिका द्वारा दुलाहा अपहरण

फिल्मी शैलीमा प्रेमिका द्वारा दुलाहा अपहरण

3925
Shares
फिल्मी शैलीमा प्रेमिका द्वारा दुलाहा अपहरण

भारतको उत्तर प्रदेशस्थित हमीरपुरमा एक युवतीले दुलाहा बनेर मण्डपमा बसेका आफ्ना प्रेमीलाई उठाएर लगेपछि हंगामा मच्चिएको छ । घटना गत सोमबार रातिको हो ।
दुलाहा र दुलहीबीच माला र औठी लगाउने कार्य सम्पन्न भई मण्डपमा पुजासहित अन्य कार्यको तयारी चलिरहेका बेला अचानक ३ जनासँग स्र्कापियो कारमा सवारी भएर आएकी दुलाहाकी प्रेमिकाले बन्दुक देखाउँदै पाहुनाले भरिएको विहे मण्डपबाट आफ्नो प्रेमी (दुलाहा) अशोक यादवलाई जबरजस्ती उठाएर लगिन् । दुलाहाकी प्रेमिकाको यो फिल्मी स्टाइलको दृश्यबाट हेर्दा हेर्दै पुरै विहे मण्डपमा दौडधुप र भागाभागसहित हंगामा मच्चियो ।
यो आपतका बीच बारात पनि फिर्ता भयो । र, दुलही पनि हातमा लगाएको मेहन्दी लगाएको मात्रै हेरिरहिन । भारतीय सञ्चारमाध्यमका अनुसार दुलाहा र उनकी प्रेमिका बान्दाको एक निजी अस्पतालमा सँगै काम गर्थे । त्यहीबाट उनीहरुको प्रेम कहानी सुरु भएको थियो । तर, जब प्रेमिकालाई छोडेर अर्कैसँग विहे गर्न थालेपछि तब प्रेमिकाले आफ्नो तागत दबंग स्टाइलमा देखाउँदै उनलाई विहेको मण्डपबाटै उठाएर लगिन् ।
सार्वजनिक रुपमै दबंग प्रेमिकाको हिम्मतको यो खबर अहिले सबै ठाउँमा चर्चाको विषय बनेको छ । यद्यपी प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा दुलाहाका भाईसहित कैयौ मानिसलाई हिरासतमा लिएर सोधपुछ गरिरहेको छ ।
-एजेन्सी

3925
Shares

ट्रेन्डिङ