सबैको समाचार
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  • नेपाली युवकविरूद्ध अष्ट्रेलियामा पक्राउ पुर्जी जारी 

नेपाली युवकविरूद्ध अष्ट्रेलियामा पक्राउ पुर्जी जारी 

1865
Shares
नेपाली युवकविरूद्ध अष्ट्रेलियामा पक्राउ पुर्जी जारी 

काठमाडौं । अष्ट्रेलियन प्रहरीले एकजना नेपाली युवकविरूद्ध पक्राउ पुर्जी गरेको छ।

२६ वर्षीय रिदम भट्टचनविरूद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको हो। फेसबुकमा रिदमको तस्बिर राख्दै उनीविरूद्ध दूरसञ्चार कसुरमा पक्राउ पुर्जी जारी भएको जानकारी दिएको  छ।

प्रहरीले अपरेशन अमरोक चलाएर उनीविरूद्ध खोजी तीव्र पारेको जनाएको छ। अपरेशन घरेलु हिंसा र सम्बन्धित अपराध लक्षित राज्यव्यापी अपरेशन रहेको प्रहरीले जनाएको छ।

उनी यसअघि पनि गेम्ब्लिङ र लागुऔषध कसुरमा पटकपटक विवादमा परेका थिए।

1865
Shares

ट्रेन्डिङ