काभ्रे बनेपा-पनौती सडक अबरुद्ध भएको छ ।
धनेश्वर पुलदेखि खड्पुसम्मकाे करिब २ किलाे मिटर सडक पिच नगरेकाे भन्दै स्थानीयले सडक अबरुद्ध गरेका हुन् ।
सडक अबरुद्ध भएपछि पनौतीमा सवारी साधनको आवत जावत ठप्प भएको छ । स्थानीयले सडक पिचको काम तत्काल अघि बढाउन माग गरेका छन् ।
मकर मेला अघि पनौती-बनेपा सडक पिच थालेता पनि धनेश्वर पुलदेखि खड्पुसम्मकाे करिब २ किलाे मिटर भाग भने त्यत्तिकै छोडिएको छ ।