सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • केही घन्टा फेसबुक बन्द हुँदा जुकरबर्गले गुमाए ६ अर्ब बढी डलर

केही घन्टा फेसबुक बन्द हुँदा जुकरबर्गले गुमाए ६ अर्ब बढी डलर

10060
Shares
केही घन्टा फेसबुक बन्द हुँदा जुकरबर्गले गुमाए ६ अर्ब बढी डलर

नेपाली समयअनुसार सोमबार राति संसारभरि विभिन्न मुलुकका सामाजिक सञ्जाल प्रयोगकर्ताले फेसबुक चलाउन पाएनन्। फेसबुकसँगै इन्स्टाग्राम, ह्वाट्सएप, मेसेन्जर र ओकुलसले काम गर्न छोडेका थिए।

यो क्रम लगभग छ घन्टा चल्यो। झन्डै ६ घन्टापछि फेसबुकले प्राविधिक समस्या समाधान भएको र आफ्ना सबै सामाजिक सञ्जाल साइट/एपले काम गर्न थालेको जनाएको छ। फेसबुकसहितका साइट बन्द भएर फेरि सुरू हुँदासम्म फेसबुकका सिइओ मार्क जुकरबर्गले भने ६ अर्बभन्दा बढी अमेरिकी डलर गुमाएका छन्।

ब्लुमबर्गका अनुसार सोमबार फेसबुकको सेयर मूल्य ४.९ प्रतिशतले घटेको छ। मध्य सेप्टेम्बरयता मात्रै फेसबुकको सेयर मूल्य झन्डै १५ प्रतिशतले ओह्रालो लागेको छ।

सेयरको मूल्य घटेसँगै जुकरबर्गको सम्पत्ति पनि घटेको छ। ब्लुमबर्ग बिलिनियर्स इन्डेक्समा उनी पाँचौं नम्बरमा झरेका छन्। यसअघि उनीभन्दा पछि रहेका बिल गेट्सले जुकरबर्गलाई पछि पारेका छन्।

यसअघि सेप्टेम्बर १३ मा अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले फेसबुकको प्रणालीमा समस्या रहेको स्टोरीहरू प्रकाशित गरेको थियो। सोमबार फेसबुकमा समस्या नै देखिएपछि यो विषयले अमेरिकी सरकारी अधिकारीको ध्यान तानेको छ।

10060
Shares

ट्रेन्डिङ