सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • प्रेमिकाको घरमा गएका किशोर झुण्डिएको अवस्थामा मृत फेला

प्रेमिकाको घरमा गएका किशोर झुण्डिएको अवस्थामा मृत फेला

11255
Shares
प्रेमिकाको घरमा गएका किशोर झुण्डिएको अवस्थामा मृत फेला

जनकपुरधाम, जेठ २६ : सिरहाको औरही गाउँपालिका–५ स्थित प्रेमिकाको घरमा गएका किशोर झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। करिब १७ वर्षीय अबिरचन यादव झुण्डिएको अवस्थामा फेला परेका हुन्। आइतबार मध्यरातमा उनी सोही ठाउँका जोगिन्द्र यादवको घर पुगेका थिए। स्थानीयका अनुसार अबिरचन र जोगिन्द्रकी छोरीबीच प्रेम सम्बन्ध थियो।

अबिरचन राति करिब १ बजे झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ। किशोरीले आफू अबिरचन झुण्डिएको घरमा नसुतेको प्रहरी समक्ष बताएकी छन्। ती किशोरीले आफू ट्वाइलेट गएर फर्किने क्रममा घर उक्त घर पस्दा अबिरचन झुण्डिएको देखेपछि हजुरआमा र बुवालाई जानकारी गराएको बताएकी छन्। झुण्डिएका अबिरचनको नाकबाट रगत बगेको छ।

नाकमा चोट लागेकाले रगत बगेको प्रहरीले बताएको छ। मृतक अबिरचनका परिवारले भने हत्या गरेर झुण्ड्याएको आरोप लगाएका छन्। मृतक अबिचरनको शव जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले कानुनी प्रक्रिया पुर्याएर पोस्टमार्टमका लागि लहान अस्पताल पठाएको छ। घटनाको विषयमा अनुसन्धान थालिएको एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

11255
Shares

ट्रेन्डिङ