सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • कार दुर्घटनामा परे गायक पशुपति शर्मा

कार दुर्घटनामा परे गायक पशुपति शर्मा

890
Shares
कार दुर्घटनामा परे गायक पशुपति शर्मा

स्याङ्जा । गायक पशुपति शर्मा सवार कार दुर्घटनामा परेको छ।

बुधबार दिउँसो सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा उनी सवार कार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

पोखराबाट वालिङतर्फ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भई कल्भर्टमा ठोक्किएको प्रहरीले जनाएको छ । कारमा गायक शर्मा सहित चारजना सवार थिए । दुर्घटापछि कारमा सामान्य क्षति पुगेको छ ।

सांगीतिक कार्यक्रममा सहभागी हुन स्याङ्जा पुगेका उनको सवारी दुर्घटनामा शर्माको देब्रे हातको एउटा औंला भाँचिएको छ । कार घुम्तिमा अनियन्त्रित भइ नालीमा खसेको थियो ।

शर्मा कारको अगाडि सिटमा थिए ।

890
Shares

ट्रेन्डिङ