सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • बनेपा पुलबजारमा ढुवान,सवारी आवागमनमा समस्या लामो जाम !

बनेपा पुलबजारमा ढुवान,सवारी आवागमनमा समस्या लामो जाम !

525
Shares
बनेपा पुलबजारमा ढुवान,सवारी आवागमनमा समस्या लामो जाम !

काभ्रे: आईतबार दिउसो परेको अविरल वर्षापछि काभ्रे जिल्लाको बनेपा नगरपालिका क्षेत्रमा रहेको पुण्य माता खोलामा ठुलो बाढी आएको छ। यसका कारण अरनिको राजमार्ग अन्तर्गत बनेपा पुलबजारमा डुबान भएपछि सवारी आवागमनमा ठूलो समस्या उत्पन्न भएको छ। स्थानीय बासिन्दा र सडक प्रयोगकर्ताहरूले लामो जामको सामना गर्नुपर्ने अवस्था आएको छ।

साथै, पुण्यमाता खोला माथि रहेको धनेश्वर पुल आसपास पनि जलमाग्न भएको छ। सामान्य वर्षामा समेत वर्षा हुँदा पुलबजारमा ढुवान हुने गरेको भए पनि, यसपटकको बाढीले सवारी सञ्चालनलाई थप कठिन बनाएको छ।

स्थानियहरूले जानकारी दिए अनुसार, राजमार्ग विस्तारको काम सम्पन्न नभएकाले पुलबजारमा ढुवानको समस्या निरन्तर रहेको छ। पुल निर्माण नहुँदा वर्षा र बाढीको समयमा जोखिम कायमै रहेको र सुरक्षा चुनौती पनि बढेको स्थानीय बासिन्दाहरूले बताएका छन्।

उक्त क्षेत्रको सडक विभाग र स्थानिय प्रशासनले अवस्था नियन्त्रणमा ल्याउने प्रयास गरिरहेका छन्। यातायात बाधित भएका कारण विशेषगरी बस र भारी सवारीका लागि ढिलाइ हुनसक्ने चेतावनी दिइएको छ।

स्थानीय नागरिक र व्यवसायीहरू राजमार्गको विस्तार र पुल निर्माण शीघ्र सम्पन्न हुनुपर्ने माग गर्दै आएका छन्। यसबाट ढुवान नियन्त्रणमा आउँछ र आगामी वर्षा तथा बाढीका समयमा सवारी सहज हुने अपेक्षा गरिएको छ।

525
Shares

ट्रेन्डिङ