सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • भोली लाग्दैछ चन्द्रग्रहण, यी कुरामा विचार पुर्याउनुस्

भोली लाग्दैछ चन्द्रग्रहण, यी कुरामा विचार पुर्याउनुस्

4450
Shares
भोली लाग्दैछ चन्द्रग्रहण, यी कुरामा विचार पुर्याउनुस्

जनवरी ३१ अर्थात् माघ १७ गते खग्रास चन्द्रग्रहण लाग्दैछ। माघ १७ गते नेपाली समय अनुसार बुधबार साँझ ५ बजेर ३३ मिनेटमा चन्द्र ग्रहण सुरु हुनेछ । यो ग्रहण नेपाल लगायत भारत, चीन मंगोलिया, जापान, मलेसिया, ताईवान, न्युजिल्याण्ड, अष्ट्रेलिया, युरोप, रसिया, अलस्का र अफ्राकाका केही देशहरुबाट समेत देख्न सकिने जनाइएको छ । त्यस दिन नेपालमा ५ बजेर ३७ मिनेटमा चन्द्रमा उदाउनेछ । अर्थात् दक्षिण एसियाली क्षेत्रबाट देख्दा चन्द्रमा उदाउँदा नै ग्रहण सुरु भइसकेको हुनेछ ।

साँझ ६ बजेर ३६ मिनेटमा चन्द्रमा पूरै ढाकिने छ । ७:१५ मध्ये हुनेछ । ७ बजेर ५२ मिनेटमा ग्रहणले छाड्दै जानेछ । ८ बजेर ५६ मिनेटमा पूर्ण रुपमा चन्द्र ग्रहण सकिने छ । ग्रहणको सुतक भने बुधवार बिहान ८:५० बजे देखिनै लाग्ने ज्यो धरणीधर न्यौपानेले बताए । खग्रास ग्रहणको समयमा चन्द्रमा रातो देखिन्छ । तर ‘ब्लु ब्लड मुन’ भनेर भने पनि त्यस दिन चन्द्रमा निलो भने देखिने होइन । खग्रास चन्द्र ग्रहण हुँदा रङ रातो हुन्छ।

‘सुपर मुन’

पूर्णिमाको दिन पृथ्वीको सबैभन्दा नजिक चन्द्रमा आयो भने त्यसलाई सुपर मुन भनिन्छ । चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउँदा पर्ने पूर्णिमाको रात ‘माइक्रो मुन’ भन्दा चौध प्रतिशतसम्म ठूलो र तीस प्रतिशतसम्म उज्यालो हुन्छ ।

जनवरी १ अर्थात् पुस १७ गते स्वस्थानी सुरु हुने पूर्णिमाको दिन पनि ‘सुपर मुन’ थियो । अंग्रेजी पात्रोअनुसार दोस्रोपटक जनवरी ३१ अर्थात् माघ १७ गते सुपर मुन हुनेछ । चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्न २७.३३२ दिन लाग्छ भने साढे २९ दिनमा पूर्णिमा पर्छ । चन्द्रग्रहण पूर्णिमाको रातमा लाग्छ।

त्यस दिन चन्द्रमा अघिपछिको पूर्णिमाको रातभन्दा ठूलो आकारको हुनेछ । यस्तो चन्द्रमालाई पश्चिमा खगोलशास्त्रीले ‘सुपर मुन’ भन्ने गरेका छन् । अंग्रेजी पात्रोअनुसार महिनामा दुईपटक पूर्णिमा परे त्यसलाई पश्चिमा खगोलशास्त्रीले ‘ब्लु ब्लड मुन’ भन्दै आएका छन् । चन्द्र ग्रहण खगोल क्षेत्रमा नौलो नभए पनि ब्लु ब्लड मुनमा खग्रास चन्द्र ग्रहण भने डेढ शताब्दीपछि देखिन लागेको हो । यसअघि ‘ब्लु ब्लड मुन’ मा सन् १८६६ मार्च ३१ मा खग्रास चन्द्र ग्रहण लागेको थियो।

यस्ता छन् ग्रहण सम्बन्धी तत्थ्यहरु
–चन्द्रग्रहण एक्काइसौ शताव्दिमा जम्मा पचासी वटा चन्द्रग्रहणहरु पर्ने देखिन्छन् ।
–यो चन्द्रग्रहण लाइ ग्रस्तोदित चन्द्रग्रहण भनिन्छ ।
–नेपालमा चन्द्रग्रहण साझ ५ः ५५ बाट देखिन्छ ।
–ग्रहणको समाप्ति राति ८ः ५६ मा हुनेछ ।
–यो ग्रहण नेपाललगायत भारत,चीन मंगोलिया जापान, मलेसिया, ताइवान, न्युजिल्याण्ड, अष्टेलिया, अफ्रिका पूर्वी देशहरु, यूरोप, रसिया, तथा अलास्काबाट देख्न सकिन्छ भने व्राजिल चिली तथा पश्चिमी अफ्रिकाका मुलुकहरुमा –बसोवास गर्ने मानिसहरुले. यो ग्रहणको अनुभव लिन पाउने छैनन् । यसै नाङ्गो आखाले जो कोहिले पनि हेर्न हुने
–यसैवर्ष अर्को खग्रास चन्द्रग्रहण श्रावण ११ गते शुक्रवार राति पनि लाग्दैछ ।
–यदि तपाई धार्मिक हुनुहुन्छ र धर्ममा विश्वास गर्नुहुन्छ भने यही माघ सत्र गते साझ लाग्ने खग्रास चन्द्रग्रहण वृष, कन्या, तुला तथा कुम्भ राशिभएका मानिसले मात्र यो चन्द्रग्रहण हेर्नहुने बताईएको छ भने मेष, मिथुन, कर्कट, सिंह, बृश्चिक, धनु, मकर र मीन राशि भएका मानिसहरुले हेर्न नहुने बताइएको छ ।

के गर्ने, के नगर्ने

चन्द्रग्रहण या सूर्यग्रहणमा पूजा पाठ गर्न जरुरी छ । यसका लागि घरलाई शुद्ध पार्न पर्छ । यस्तो बेलामा चक्कु, कैची, सियो धागोको प्रयोग गर्न हुँदैन । यो नियम खास गरी गर्भवती महिलामा लागू हुन्छ । ग्रहणको समयमा घरबाट बाहिर ननिस्कुनहोस् ।

ग्रहण लागेको समयमा भुलेर पनि नगर्नुस् यी ५ काम
ग्रहणको समयमा विभिन्न काम गर्न नहुने भनेर शास्त्रमा उल्लेख छ । यहाँ ग्रहण लागेको समयमा गर्न नहुने विभिन्न ५ कुराको चर्चा गरिएको छ ।

१ यौन सम्बन्ध राख्नु हुँदैन

ग्रहणको समयमा रोमान्टिक मुड नबनाउनुस् । यो समयमा यौन सम्बन्ध राख्नु राम्रो मानिँदैन । शास्त्रमा ग्रहणको समयमा यौन सम्पर्क भएर बच्चा जन्मिएमा त्यस्तो बच्चा राक्षस समान पैदा हुने र दुर्गणल भरिएको हुने उल्लेख छ ।

२ भोजन नगर्नुस्

ग्रहण लागेको समयमा भोजन तयार गर्नु भएको छ भने त्यसलाई ग्रहण नगर्नुस् । ग्रहणको समयमा भोजन गर्नु हुँदैन । यदि भोजन बाँकि छ र ग्रहणको समयमा परेको छ भने ग्रहण सकिएपछि पनि सो खाना नखानुस् । ग्रहण लागेको समयमा पाकेको खाना उचित नहुने र यदि खानेकुराहरु छन् भने त्यसमा तुलसीको पात राखेर छोप्नु पर्ने शास्त्रमा उल्लेख छ ।

३ ग्रहणपछि सरसफाइ गर्नुस्

ग्रहण सकिएपछि घरमा सरसफाइ गर्नु उचित हुन्छ । ग्रहणको समयपछि घर मन्दिर वा पुजा कोठा समेत सफाइ गर्ने र मुर्तीहरुमा जल फेर्नु पर्ने शास्त्रा उल्लेख छ ।

४ पुजा नगर्नुस्

ग्रहण समयमा पुजा गर्नु हुँदैन । मन्दिरमा पनि ग्रहणको समयमा पुजा पाठ बन्द गर्नु पर्छ । यो समयमा केही मन्त्री भने जप गर्न सकिने शास्त्रमा उल्लेख छ । यस्ता मन्त्रमा ऊँ नम: शिवाय, श्रीराम, सीताराम, ऊँ रामदूताय नम: आदि हुन सक्छन् ।

५ गर्भवती बाहिर जानु हुँदैन

गर्भवती महिला ग्रहणको समयमा कहिल्यै पनि बाहिर जानु हुँदैन । ग्रहणको समयमा बाहिर निस्कँदा बच्चामा खराव असर पर्ने शास्त्रमा उल्लेख छ । ग्रहणको समयमा विभिन्न पराबैजनी किरणहरु उत्पन्न हुने हुँदा बच्चामा नकारात्मक असर पर्छ । ग्रहणको समयमा वातावरणमा समेत नकारात्मक किरणहरु पैदा हुने हुँदा घर बाहिर ननिस्कनु नै राम्रो हुन्छ ।

4450
Shares

ट्रेन्डिङ