सबैको समाचार
बुधबार, भदौ २४, २०८३
  • होमपेज
  • ज्ञानज्योति इङ्लिस सेकेण्डरी स्कुलमा बाल पूजा सम्पन्न

ज्ञानज्योति इङ्लिस सेकेण्डरी स्कुलमा बाल पूजा सम्पन्न

5
Shares
ज्ञानज्योति इङ्लिस सेकेण्डरी स्कुलमा बाल पूजा सम्पन्न

बनेपा : बनेपास्थित ज्ञानज्योति इङ्लिस सेकेण्डरी स्कुलमा प्ले ग्रुपदेखि यूकेजीसम्म अध्ययनरत करिब १०० बालबालिकाको विशेष बाल पूजा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयमा आयोजित कार्यक्रममा करिब ७० जना शिक्षक तथा अभिभावकले बालबालिकालाई विधिपूर्वक पूजा गरी सम्मान गरेका थिए। बालबालिकालाई टीका, माला तथा प्रसाद प्रदान गर्दै उनीहरूको सुख, शान्ति, समृद्धि र उज्ज्वल भविष्यको कामना गरिएको थियो।
बालबालिकामा सानै उमेरदेखि संस्कार, आपसी सम्मान तथा नेपाली मौलिक संस्कृति र परम्पराप्रति सकारात्मक भावना विकास गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक उज्वल प्रधानले जानकारी दिनुभयो।

प्रधानाध्यापक प्रधानका अनुसार आधुनिक शिक्षासँगै बालबालिकालाई आफ्नो मौलिक संस्कृति, संस्कार र परम्परासँग परिचित गराउन विद्यालयले विभिन्न सांस्कृतिक गतिविधिलाई प्राथमिकता दिँदै आएको छ। बालबालिकालाई सम्मान र माया प्रदान गर्ने यस्ता कार्यक्रमले उनीहरूको आत्मविश्वास बढाउनुका साथै परिवार, समाज र संस्कृतिप्रति सकारात्मक भावनाको विकास गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो।

कार्यक्रममा शिक्षक तथा अभिभावकले बालबालिकाको पूजा गरी टीका तथा माला लगाइदिएका थिए भने प्रसादसमेत वितरण गरिएको थियो। विद्यालयमै आफूहरूको पूजा तथा सम्मान भएपछि बालबालिकामा उत्साह र खुसी देखिएको थियो। विद्यालय परिवारका अनुसार यस्ता मौलिक सांस्कृतिक तथा धार्मिक गतिविधिले बालबालिकालाई नेपाली परम्परा र संस्कृतिसँग जोड्नुका साथै संस्कार, अनुशासन, आपसी सद्भाव र सम्मानको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

5
Shares

ट्रेन्डिङ