सबैको समाचार
शनिबार, अशोज १९, २०८१
  • होमपेज
  • बाँध निर्माणका लागि अरुणको पानी सुरुङमा

बाँध निर्माणका लागि अरुणको पानी सुरुङमा

4310
Shares
बाँध निर्माणका लागि अरुणको पानी सुरुङमा

संखुवासभा, माघ २१ः संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट अरुण तेस्रो जलविद्युत् परियोजनामा अन्तर्गत अरुण नदीमा ड्याम निर्माणका लागि पानी डाइभर्सन गरिएको छ । सोमबार सतलज कम्पनीका निर्देशक नन्दलाल शर्माले पानी डाइभर्सन कार्यको सोमबार उद्घाटन गरेका छन् । अरुण नदीको पानी डाइभर्सन गर्ने ४२९ मिटरको सुरुङ निर्माण गरिएको छ ।

सतलज कम्पनीका निर्देशक शर्माले भने हामीले ९ सय मेगावाटको अरुण तेस्रो परियोजना चाडैं सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्त गरे । अरुण नदीको पानी सफलतापूर्वक डाइभर्ट भएपछि बाँध निर्माणको जिम्मा लिएको जयप्रकाश एसोसियट्स निर्माण कम्पनीलाई धन्यवाद समेत दिएका छन् । शर्माले भने विकास सम्झौतामा उल्लेख भए अनुसारनै अघि बढ्न स्थानिय सरकार सँग सहकार्य गर्न बताए ।

सतलज कम्पनीले स्वास्थ्य,शिक्षा लगायतका कुरामा समेत सहयोग गर्ने प्रतिबद्ध भएको बताए । बाँधस्थलमा जयप्रकाश एसोसियट्स निर्माण कम्पनी तथा विद्युत–गृहस्थल क्षेत्रमा पटेल इन्जिनियरिङ कन्सल्टेन्टले ठेक्का लिएर काम गरिरहेका छन् । अरुणको बाँध निर्माण तथा सुरुङ मार्ग समय अवधि भित्रै सम्पन्न गरेर सतलज कम्पनीलाई जिम्मा लगाउने जय एसोसियट्स निर्माण कम्पनीका डाइरेक्टर प्रविन कुमार सिंहले बताए ।

यससँगै अरुण तेस्रोको भौतिक प्रगति काम ३८ प्रतिशत सम्पन्न भएको जनाएको छ । अरुण नदीको पानी डाइभर्सन भएपछि मंगलबार बाटै ड्याम निर्माण थालिने सतजल कम्पनीले जनाएको छ । यन्त्र राख्न १६ हजार सात सय घनमिटर र ट्रान्सफर्मर राख्न ४७ हजार चार सय घनमिटर सुरुङ खनिएको छ । पाइलट होल ९० मिटर खनिएको छ ।

बाँधस्थल मकालु गाउँपालिका–५ फ्याक्सिन्दा र विद्युत–गृहस्थल चिचिला गाउँपालिका–२ पुखुवामा निर्माणको काम चौबीसै घन्टा तीव्र गतिमा चलिरहेको परियोजनाले जनाएको छ । परियोजनामा अहिले भारतीय र नेपालीसहित तीन हजार कामदार छन् । फ्याक्सिन्दादेखि पुखुवा निस्कने मुख्य सुरुङमार्गको दूरी ११ दशमलव ७४ किमी छ ।

परियोजनाको २०७४ वैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गरेका थिए । एक खर्ब ४४ अर्ब रुपियाँ लागत अनुमान गरिएको यस आयोजनाबाट नेपाललाई २१.९ प्रतिशत अर्थात् १९७.१ मेगावाट बिजुली निःशुल्क पाउने र विभिन्न शीर्षकमा तीन खर्ब ४८ अर्ब रूपियाँ आर्थिक लाभ लिनेछ ।

आयोजनाबाट प्रभावित स्थानीयले एक अर्ब ६० करोड रुपियाँको सेयर पाउनुका साथै प्रतिमहिना ३० युनिट विद्युत् प्राप्त गर्नेछन् । आयोजनाबाट २५ वर्षमा नेपालले रोयल्टी, निःशुल्क विद्युत् र आयकर गरी तीन खर्ब ४८ अर्ब रुपियाँ प्राप्त हुने अनुमान छ । आयोजना विकास निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गरिने पीडीएमा उल्लेख छ । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने पीडीएमा उल्लेख गरिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

4310
Shares

ट्रेन्डिङ