सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • चाडवाड लक्षित सुरक्षाका गतिविधि गर्दै काभ्रे प्रहरी

चाडवाड लक्षित सुरक्षाका गतिविधि गर्दै काभ्रे प्रहरी

3235
Shares
चाडवाड लक्षित सुरक्षाका गतिविधि गर्दै काभ्रे प्रहरी

असोज ३, नेपाल प्रहरीले देशभर नै चाडवाड लक्षित सुरक्षा परियोजना अन्तर्गत विशेष सर्तकता सहित गतिविधिको थालनी गरेको छ ।
काभ्रेपलाञ्चोकमा पनि प्रहरीले विशेष सुरक्षा योजना २०७४ घोषण गर्दै कार्यतालिका सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला प्रहरी कार्यालयले जिल्लाको सबै ठाउँमा गरिने सुरक्षा कार्यक्रमको सार्वजनिकीकरण गरेको छ । प्रहरी उपरिक्षक सहकुल थापाका अनुसार दशैँ ,तिहार छठको बेला जिल्लामा सुरक्षा व्यवस्था कडा बनाइने बताएका छन् । उनले यात्रा गर्ने यात्रुहरूको सुरक्षाको लागी पनि सिभिल प्रहरी खटिईने समेत जनाएका छन् । उनले प्राय बसहरूमा प्रहरी स्वमं नै बसी यात्रा हुने र दुव्र्यवहारका गतिविधि देखिए कारबाहि गरिने समेत बताएका छन् ।

उनले पाकेटमारका घटनाहरू र बसमा भिड र यात्रुहरूको चापलाई नियन्त्रण कसरी न्युन गर्न सकिने हो र यात्रुहरूले कसरी सरल यात्रा गर्न सकिन्छ भन्ने बारे काभ्रेमा रहेका बस व्यवसायीहरूसँग समेत छलफल र पत्राचार गरी अगाडी बढ्ने बताएका छन् । सम्मेलनमा सुरक्षा नीतिमा शहरी ईलाका र ग्रामिण ईलाका गरी छुट्याईएको र जिल्लाको सबै प्रहरी चेकपोष्ट र प्रहरी चौकीबाट गस्तीहरू समेत गरिने बताईएको छ । काभ्रेपलाञ्चोकको साँगाचोक, बनेपा पुलबजार, चारदोबाटो, धुलिखेल, भकुण्डे, दोलालघाट, कुशादेवी, खोपासी लगायतका शहरी क्षेत्र र बस र यात्रुको चाप हुने ठाउँहरूमा बडि निगरानी थाल्ने बताएका छन् । थापाले काभ्रेको मुख्य धार्मीक स्थलहरूमा २४ घण्टे सुरक्षा नीति समेत लिईएर अगाडी बडिएको समेत बताएका छन् ।

बडि आर्थीक कारोबार हुने बित्तिय संघ संस्था र एरियाहरूमा सादा पोसाकका प्रहरीले सूचना संकलन गर्नै र सोहि अनुसारका सुरक्षा गतिविधि अपनाईने बताए उनले चाढवाढको नाममा केहि अपच किसिमका व्यवहार भए तुरुन्तै प्रहरीलाई सूचना दिन अपिल समेत गरेका छन् । जुवा तास , चालकहरूको लापरबाहि जस्ता गतिविधिहरू हुने गरिएको पाईए तत्कालै प्रहरीमा सूचना दिन आग्रह समेत गरेका छन् ।सन्जिबनी पत्र बाट

3235
Shares

ट्रेन्डिङ