सबैको समाचार
बुधबार, फाल्गुन २८, २०८१
  • होमपेज
  • हालै बढुवा भएका १० जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान

हालै बढुवा भएका १० जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान

520
Shares
हालै बढुवा भएका १० जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । हालै बढुवा भएका १० जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले दर्ज्यानी चिन्हले सुशोभन गरे ।

सुशोभित हुने प्रहरी अधिकृतमा एसएसपीहरू श्यामकृष्ण अधिकारी, रवीन्द्र रेग्मी, भीमबहादुर दाहाल र नान्तीराज गुरूङ, एसपीहरूमा प्रदीपबहादुर क्षेत्री, नारायण रंजितकार, अनन्तराम शर्मा र एक नारायण कोइराला तथा प्राविधिक डीएसपीहरूमा उमेशप्रसाद साह र ई. मुकेश तिवारी छन् ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नतिले सुविधाको मात्र नभई प्रहरी अधिकृतहरूको विश्‍वास र जिम्मेवारी बढेको चर्चा गर्दै थपिएको दर्ज्यानी चिन्हको मर्यादा रहने गरी सांगठनिक हितमा कार्य गर्न निर्देशन दिए ।

बढुवा भएकाको तर्फबाट एसएसपी श्यामकृष्ण अधिकारीले पदोन्नतिसँग प्राप्त जिम्मेवारी एवम् उत्तरदायित्वलाई उच्च व्यावसायिकता, नैतिकता र निष्ठापूर्वक सेवा भावकासाथ पूरा गर्ने प्रतिवद्धता जनाए ।

520
Shares

ट्रेन्डिङ