सबैको समाचार
मङ्लबार, साउन १२, २०८३
  • होमपेज
  • सामलिङको आइपीओ बाँडफाँट, २१ लाख २० हजारको हात खाली

सामलिङको आइपीओ बाँडफाँट, २१ लाख २० हजारको हात खाली

3875
Shares
सामलिङको आइपीओ बाँडफाँट, २१ लाख २० हजारको हात खाली

काठमाडौं : सामलिङ पावर कम्पनी लिमिटेडले निष्काशन गरेको साधारण शेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङको कार्यालयमा भएको बाँडफाँटमा आवेदन दिएर योग्य भएका २१ लाख २० हजार ८८८ जना लगानीकर्ताको हात खालि भएको छ।

कम्पनीको शेयर बिक्री प्रबन्धक नेपाल एसबिआई क्यापिटलले शेयरको बाँडफाँट कार्यक्रममा दोहोरो आवेदन दिएकामध्ये दोहोरो आवेदन र अन्य कारणबाट ९ हजार ९८६ वटा आवेदन रद्द भएको छ।

आईपीओमा आवेदन दिएकामध्ये २१ लाख ८८ हजार ७७८ वटा आवेदनबाट परेको २ करोड ५० लाख ९६ हजार ७० कित्ताको माग सदर भएका थिए। धितोपत्र बाँडफाँट निर्देशिका २०७४ अनुसार मंगलबार बिहान ८ः३० बजे भएको शेयर बाँडफाँटमा ६७ हजार ८९० जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका छन् ।

3875
Shares

ट्रेन्डिङ