काठमाडौँ । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका दिन चन्द्रागिरिस्थित मातातीर्थ मन्दिरमा लाग्ने मेला आजबाट सुरु भएको छ ।
मातातीर्थ मेलामा भोलि साँझ बत्ती बाल्ने र बत्ती बालेको भोलिपल्ट औँसीका दिन आमाको मुख हेर्ने तथा स्नान गर्ने परम्परा छ । त्यसैले अघिल्लो दिनदेखि सो क्षेत्रमा मेला लाग्ने गर्छ ।
दिवङ्गत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न आउनेले गर्दा ठूलो मेला लाग्ने गरेको हो । उनीहरुले मातातीर्थ कुण्डमा स्नान र पूजा गर्ने गर्छन् ।
मातातीर्थ कुण्डमा दर्शन गरेमा छोराछोरीले दिवङ्गत आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास गरिन्छ ।