सबैको समाचार
सोमवार, पुस २९, २०८१
  • होमपेज
  • बिदेशी मुद्राको विनिमयदरः डलको भाउ स्थिर, युरो घट्यो पाउण्ड बढ्यो

बिदेशी मुद्राको विनिमयदरः डलको भाउ स्थिर, युरो घट्यो पाउण्ड बढ्यो

140
Shares
बिदेशी मुद्राको विनिमयदरः डलको भाउ स्थिर, युरो घट्यो पाउण्ड बढ्यो

काठमाडौं, मंसिर ६ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । बिहिबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । बुधबार डलको खरिददर १३४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३७ पैसा कायम गरिएको थियो । बिहिबार पनि सोहि मूल्यमा यसको खरिदबिक्र हुँने राष्ट्रि बैंकले जानाएको छ ।

बिहिबार युरोपियन युरो ७ पैसाले घटेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ १५ रहेको छ भने बिक्रीदर १४२ रुपैयाँ ७८ पैसा तोकिएको छ । बुधबार भने युरोपियन युरोको एकको खरिददर १४२ रुपैयाँ २२ पैसा बिक्रीदर १४२ रुपैयाँ ८५ पैसा तोकिएको थियो ।

बिहिबार बेलायती पाउन्ड एकको खरिदमूल्य १७० रुपैयाँ ५४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ३० पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा बिहिबार पनि २९ पैसाले बढेको हो । यसअघि बुधबार पाउण्डको खरिदमूल्य १७० रुपैयाँ २५ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०१ पैसा कायम थियो ।

त्यसैगरी, बिहिबार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ३० पैसा र बिक्रीमा ९६ रुपैयाँ ७२ पैसा रहेको छ ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ६५ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ६९ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ६० पैसा तथा बिक्री दर १८ रूपैयाँ ६८ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६५ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६९ पैसा कायम गरेको जनाइएको छ ।

उता कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ९० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ०६ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ८६ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार ३० रूपैयाँ १४ पैसा र बिक्रीदर ३० रूपैयाँ २७ पैसा कायम गरेको छ ।

यसैगरी, बिहिबारको लागि कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ १३ र बिक्रीदर ४४० रुपैयाँ ०८ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३५९ रुपैयाँ १२ पैसा निर्धारण भएको छ।

140
Shares

ट्रेन्डिङ