सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • एमाले काभ्रे जिल्ला अधिवेशनमा राखिएका प्रचार सामाग्री युवा संघले हटायो

एमाले काभ्रे जिल्ला अधिवेशनमा राखिएका प्रचार सामाग्री युवा संघले हटायो

6720
Shares
एमाले काभ्रे जिल्ला अधिवेशनमा राखिएका प्रचार सामाग्री युवा संघले हटायो

 

नेकपा एमाले काभ्रेको १०औँ जिल्ला अधिवेशको लागि प्रचारप्रशारका लागि धुलिखेलमा राखिएका झन्डा तोरण र ब्यानर लगायतका सामाग्री हटाईको छ ।

राष्ट्रिय युवा संघ नेपाल धुलिखेल नगर कमिटी एवं अनेरास्ववियु धुलिखेल नगर कमिटीको सयुक्त अगुवाइमा प्रचार सामाग्री हटाइएको हो ।

अधिवेशनको खुल्ला सत्र र बन्द सत्र स्थल धुलिखेल रंगशाला जाने मुख्य स्थानहरुमा प्रचारका लागी राखिएको प्रचार सामाग्रीहरु झन्डा, तोरण ,ब्यानर हटाईएको राष्ट्रिय युवा संघ नेपाल धुलिखेल नगर कमिटिका अध्यक्ष सिबी तामाङले जानकारी दिए ।

साथै तामाङले आआफ्नो वडाहरुमा भएका प्रचार सामाग्रीहरु हटाउन पनि सम्बन्धित युवा संघका प्रतिनिधिहरुलाई अनुरोध समेत गरेका छन् ।

यता एमाले बनेपा नगर कमिटिले भने हिजो नै बनेपा नगरपालिकाभित्र रहेका प्रचार सामाग्री हटाइसको छ ।

6720
Shares

ट्रेन्डिङ