सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • ग्यास लिक भएर आगलागी ५ लाख बराबरकाे क्षति

ग्यास लिक भएर आगलागी ५ लाख बराबरकाे क्षति

5175
Shares
ग्यास  लिक भएर आगलागी ५ लाख बराबरकाे क्षति

पर्सा , पुष , १२ ,    सुनिल श्रेष्ठ बिरगंजमहानगरपालिकाकाे वडा नं. ११ श्रीपुरमा आज दिउसाे आगलगी भएकाे छ । वडा प्रहरी कार्यालय श्रीपुर नजिक मेन राेड स्थित रहेकाे खप्डाकाे घरमा

ग्यास लिक भएर आगलागी भएकाे प्रहरीले जनाएकाे छ । पर्साकाे बहुदरमाई नगरपालिका डकैला बहुअरी निवासी गया साह राैनियारकाे घरमा संचालित २ वटा खाजा पसलमा दिउसाे ३ बजे आगलगी भएकाे वडा प्रहरी कार्यालय श्रीपुरले जनाएकाे छ ।

वीरगंज श्रीपुर निवासी बरेलाल साह साेनार र रामराज चाैधरीले संचालन गरेकाे खाजा पसलमा भएकाे आगलगीले ५ लाख बराबरकाे क्षति भएकाे पिडितले जनाएका छन् ।

आगलगीले साेनारकाे खाजा पसलमा रहेकाे भाँडा ब्रतन, टेबुल, कुर्सी, फ्रिज, पंखा लगायतकाे सरसामान जलेर नष्ट भएकाे पिडितले वताएका छन् । साे नजिकै रहेकाे चाैधरीकाे खाजा पसल पनि पुर्ण रुपले जलेर नष्ट भए पनि त्यसमा रहेकाे सरसामान निकालिएकाे प्रहरीले जनाएकाे । वीरगंज महानगरपालिकाबाट पुगेकाे दमकल, स्थानिय र प्रहरीकाे सहयाेगमा आगाे नियन्त्रणमा आएकाे वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक दिपक साहले वताए ।

5175
Shares

ट्रेन्डिङ