सबैको समाचार
मङ्लबार, भदौ ३०, २०८३
  • होमपेज
  • गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या झण्डै २९ हजार

गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या झण्डै २९ हजार

1685
Shares
गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या झण्डै २९ हजार

काठमाडौं ।हमासको स्वास्थ्य मन्त्रालयले गाजापट्टीमा प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या २८ हजार ९८५ पुगेको जनाएको छ ।

इजरायली सेनाले पछिल्लो २४ घण्टामा १२७ प्यालेस्टाइनीको हत्या गरेको र २०५ जना घाइते भएको मन्त्रालयले जनाएको छ । बमबारी र सिभिल डिफेन्स र एम्बुलेन्स टोलीको अभावमा केही पीडितहरू भग्नावशेषमुनि रहेको उल्लेख गरिएको छ ।

जरायलले २०२३ अक्टोबर ७ देखि दक्षिणी इजरायली सिमानामार्फत हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमासविरुद्ध ठुलो मात्रामा आक्रमण सुरु गरेको छ । जसमा करिब एक हजार दुई सय मानिसहरू मारिएका थिए भने दुई सयभन्दा बढीलाई बन्धक बनाएका थिए ।

1685
Shares

ट्रेन्डिङ