सबैको समाचार
आइतवार, पुस २८, २०८१
  • होमपेज
  • पतंजली आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरमा निशुल्क स्वास्थ्य शिविर हुने

पतंजली आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरमा निशुल्क स्वास्थ्य शिविर हुने

130
Shares
पतंजली आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरमा निशुल्क स्वास्थ्य शिविर हुने

काभ्रेपलाञ्चोक । पतंजली आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टर धुलिखेल ३ काभ्रेमा यही २०८१ साल मंगसिर २९ गते शनिबारका दिन निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन हुने भएको छ।

शिविरमा स्वास्थ्य परामर्श तथा परिक्षण,प्याथोलोजी सेवा ,योग तथा पोषण ,पायल्स तथा फिस्सटुला उपचार ,प्राकृतिक चिकित्सक ,मसाज ,सीटमबाथ ,साउना लगायतको सेवा उपलब्ध हुने बताइएको छ।

स्वास्थ्य शिविर शनिबार बिहान १० बजे देखि ३ बजे सम्म संचालन हुने छ।पतंजली आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टर सम्म जानका लागि धुलिखेलको हिमालयन होराइजन होटल अगाडी बाट गाडीको सुबिधा रहने र मिरावेल रिसोर्ट बाट करिब १० मिनेटमा अस्पताल पुग्न सकिने छ।

130
Shares

ट्रेन्डिङ