सबैको समाचार
शुक्रबार, माघ ४, २०८१
  • होमपेज
  • राहदानी विभागबाट राहदानी सेवा पूर्ण रूपमा सुचारु

राहदानी विभागबाट राहदानी सेवा पूर्ण रूपमा सुचारु

160
Shares
राहदानी विभागबाट राहदानी सेवा पूर्ण रूपमा सुचारु

काठमाडौँ । राहदानी विभागबाट राहदानी सेवा पूर्ण रूपमा सुचारु भएको छ । सोमबार साँझ विभागले सूचना जारी गर्दै सेवा सुचारु भएको जानकारी गराएको हो ।

राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही कम्प्युटरहरूमा भाइरस प्रवेश गरेकाले राहदानी सेवा अवरुद्ध भएको थियो ।

सेवा सुचारु भएकाले सेवा लिन चाहनेले अनलाइन फाराम भरी विभागमा आवेदन दिन सक्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ । जिल्ला/इलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूमा क्रमशः सेवा विस्तार गरिने पनि विभागले उल्लेख गरेको छ ।

यसअघि आवेदन गरिसकेका (बायोमेट्रिक समेत) सेवाग्राहीको राहदानी छपाई कार्य नियमित प्रक्रियाबाट भइरहेको र सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूमा पठाउन सुरु गरिएको विभागको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ,‘आ–आफ्नो जिल्ला र इलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोगमा आवेदन दिने सम्बन्धी अध्यावधिक जानकारीका लागि तत् तत् निकायमा सम्पर्क गर्नुहुन समेत सूचित गरिन्छ । साथै विभागको टेलिफोन नं.९७७–१-५९७०३३०/३३१/३३२ मा सम्पर्क गरी थप जानकारी लिन सकिने छ ।’

160
Shares

ट्रेन्डिङ