सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • सर्वोत्थानको ८ औं साधारण सभा सम्पन्न , १७ उत्कृष्ट सदस्यहरु सम्मानित

सर्वोत्थानको ८ औं साधारण सभा सम्पन्न , १७ उत्कृष्ट सदस्यहरु सम्मानित

2315
Shares
सर्वोत्थानको ८ औं साधारण सभा सम्पन्न , १७ उत्कृष्ट सदस्यहरु सम्मानित

काभ्रे :- काभ्रेको बनेपा वडा न ४ नालास्थित सर्वोत्थान बचत तथा ऋण सहकारी सस्थाको ८ औं वार्षिक साधारण सभाको अवसरमा सहकारीले आफ्नो आर्थिक कारोबार र अन्यकार्य को विवरण सार्वजनिक गरेको हो। संस्थाले एक आर्थिक बर्षमा १३ करोड ८६ लाख ४४ हजार रुपैयाँ कारोबार गरेको छ ।

१० करोड १८ लाख ८५ हजार १५ रुपैयाँ निक्षेप संकलन गरेको सहकारीले सहकारी क्षेत्रमा देखिएको आर्थिक संकटका विच ९ लाख २३ हजार ५ सय ८६ रुपैयाँ खुद मुनाफा गरेको सहकारी संस्थाका अध्यक्ष नविनजंग पाण्डेले जानकारी दिएका हुन् ।

सहकारीले यो बर्ष कृषि,शिक्षा,व्यवसाय, हायर पर्चेज लगायतका क्षेत्रमा ११ करोड १८ लाख ८२ हजार ३ सय २३ रुपैयाँ ऋण लगानी गरेको र करिब २४ सय सदस्य रहेको सहकारीमा १८ लाख ५२ हजार २ सय शेयर पुँजी रहेको जानकारी पाण्डेले दिएका छन् ।

साधारण सभामा १७ जनालाई सम्मान :-

सस्थाले १७ जनालाईन विभिन्न विधा बनाई उत्कृत बचतकर्ताहरुलाई समान गरेको हो। ८ औं बार्षिक साधारणसभाको अवसर पारेर सहकारी संस्थाले ऋण असल कारोबार गर्ने उमेश पाण्डे, उत्कृष्ट मासिक बचतकर्ता रमिला श्रेष्ठ, उत्कृष्ट बाल बचतकर्ता इभान्जली घिमिरे, इभा थापा, सुर्यवाणी श्रेष्ठ, एलेक्स बोहोरा, उत्कृष्ट दैनिक बचतकर्ता कपिल थापा, सुदिप बस्नेत, सुमित शाही, अमृता ढुङ्गाना, उत्कृष्ट मुद्धती बचतकर्ता राम कुन्द थापा, ध्रुब पराजुली, कृष्ष कुन्द थापा, राधिका थापा, बासुदेव थापा, सुमिता पाण्डे र उत्कृष्ट कर्मचारी पुर्णलक्ष्मी घिमिरेलाई सम्मान गरिएको हो ।

सहकारीले सामाजिक उत्तरदायित्व ठानेर हालै जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पबाट प्रभावितलाई सहयोग समेत गर्दै आईरहेको छ ।

2315
Shares

ट्रेन्डिङ